१० साउन नवलपरासी ।
सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले समाज परिवर्तन गर्ने जिम्मेवारी युवाहरुको काधमा रहेकाले युुवाहरु अग्रसर भएर लाग्नुपर्ने बताउनुभएको छ । लियोक्लव अफ सुनवलको आयोजनामा लायन्स आखा उपचार भवन निर्माण स्थल सुनवल १ सोमनाथमा भएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले सो कुरा बताउनुभएको हो । उहाले बिकासका सम्भावनामा सुनवल नगरपालिका धेरै नै अगाडि रहेको उल्लेख गर्नुभयो । सामाजिक कार्यमा सक्रिय रुपमा लागेको लियो क्लव अफ सुनवललाई धन्यवाद दिदै डिस्ट्रिक ३२५ बि टु का सम्मानित सल्लाहकार समेत रहनुभएका नगरप्रमुख थापाले बिरुवा रोप्न निकै सहज रहेको तर यसको संरक्षण निकै चुनौतिपुणर् हुने हुदा समयसमयमा निरिक्षण गरिरहनुपर्ने आवश्यकता औल्याउनुभयो ।
लियो क्लव अफ सुनवलका अध्यक्ष अनिसा गौतमको अध्यक्षता तथा नगरप्रम्ुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लवका जिल्ला कोर्डिनेटर श्याम बस्याल, लायन्स क्लव अफ सुनवलका संस्थापक अध्यक्ष बिष्णु चापागाई, लायन्स क्लव अफ सुनवलका अध्यक्ष दिपक तिवारी, जनसेवा माविका अध्यक्ष टिकाराम तिमिल्सेना, सोमनाथ माबिका प्रधानाध्यापक रामप्रसाद ढकाल, लियो डिस्ट्रक ३२५ बिटु रिजन ११ का रिजन कोडिनेटर अस्मिता गौतम,लियो तथा लायन्स क्लवका बिभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो । लियो क्लवका फस्ट भिपि विजय देव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन लियो क्लव अफ सुनवलका सचिव ममता आचार्यले गर्नुभएको थियो भने कार्यक्रमका बारेमा लायन्स क्लवका जिल्ला कोर्डिनेटर श्याम बस्यालले सहजिकरण गर्नुभएको थियो । उक्त बृक्षारोपण कार्यक्रममा अम्वा, लिचि, आप, अमला, कागति , धुपि, निम, लगायत १ सय भन्दा बढि बिरुवा रोपिएको थियो ।