साउन ११ काठमाडौ ।
जनाधिकार अभियान नेपालले चितवनको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जद्वारा आगो लगाई ध्वस्त बनाईएको चेपाङ बस्तीमाथी बर्बरतापुर्वक र कायरतापुर्ण काम भएको भन्दै चेपाङहरुको मानवअधिकार खोसिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कुसुमखोलाना १० वटा घरहरु थिए । त्यहाँ अधिकांश सीमान्तकृत चेपाङ समुदायको व्यक्तिहरु छाप्रा बनाएर बसोबास गर्दै आइरहेका छन् ।
गत शनिबार सातवटा हात्तीसहित निकुञ्जबाट पुगेका झण्डै २०/२२ जना कर्मचारीहरुले यस्तो ममानवीय काम गरेका थिए । कतिपयलाई घरभित्रबाट सामान निकाल्न दिइयो भने कतिपयका सामान घरभित्रै नै जले । यसैबीच विप्लवनिकट मानिने जनाधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले आजसम्म पनि चेपाङ बस्तिमा कुनै राहात प्याकेज उपलब्ध नगराएकोप्रती गम्भीर ध्यानाकर्षण गर्दै सरकार नै यसको अपराधी बनेको आरोप लगाएका छन । चेपाङहरु देशका नागरिक भएको भन्दै उनीहरुको मानवअधिकारको रक्षा गर्नु सबैको दायित्व रहेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।