उर्मिला यादव नवलपरासी
साउन १२।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतिय सिमावर्ती क्षेत्रबाट अन्दाजी ९२ हजार मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ ।आज सोमबार नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ भक्सिपुरबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ७० हजार मुल्य बराबरको १४ बोरामा सात सय किलो केराउ र सोही समयमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १२ हजार मुल्य बराबरको १२ पिस लेडिज कुर्ता र सुरुवाल बरामद गरेको छ । उक्त मालसामान साइकलमा राखेर लैजादै गर्दा प्रहरी टोलिलाई देखि मालसामान फालेर मानिस भागेका थिए । यस्तै गरि आज नै नेपालबाट भारत तर्फ अबैध रूपमा लैजादै गरेको अन्दाजी १० हजार मुल्य बराबरको ४ बोरामा १ सय २५ किलो केराउ प्रतापपुर गाउपालिका वडा नम्बर ५ भैरवपुरबाट प्रहरी चौकी बसहियाको प्रहरी टोलिले बरामद गरेको छ। बरामद भएका सबै सामानको कुल मुल्य ९२ हजार रहेको छ भने बरामद भएका सबै सामान आज नै आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।