साउन १३, परासी
पश्चिम नवलपरासीको महेशपुर भन्सारले चोरी–तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ । तस्करहरुले मौका छोपी भारतबाट नेपाल र नेपालबाट भारत विभिन्न सर–सामानको चोरी तस्करी गर्दै आएको भन्दै भन्सारले थप सक्रियता देखाएको छ । सो कारण सिमा क्षेत्रका तस्करहरुको व्यापाक भागाभाग र रुवावासिको शृजना भएको छ ।
सोही कारण सिमा क्षेत्रको तस्कर नाइके भनेर चिनिनी बिक्की निगम भन्सार र भन्सार कर्मचारीहरु प्रति प्रतिसोध र पुर्वाग्रह साधी गुन्डागर्दी शैलीमा भन्सार र भन्सारका कर्मचारीलाइ गाली गलौज र धाकधम्की समेत दिएको र सो कारण भन्सार प्रशासनले कडाइमा साथ निजलाइ स्पष्टीकरण सहित १५ दिने पत्र काटी मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी समेत थालेको छ ।
भन्सार ,नेपालि सुरक्षा निकायमा प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलिले पछिल्लो समय तस्करहरुको २४ घन्टे निगरानी बढाएको पाइएको छ । तथापि नेपाल र शसस्त्र प्रहरीको २४ घण्टे निगरानीका वावजुद पनि तस्करहरु खेत र खोलाको बाटो प्रयोग गरि कपडालत्ता, मटर, लागु औषध, खशीबोका, खाद्यान्न, हार्डवेयर, ईलेक्ट्रीक लगायतका सामाग्रीहरुको चोरी तस्करी गर्दै आएका छन् ।
तस्करहरुले भन्सारका कर्मचारीलाइ शक्तिको आडमा धम्किदिने गरेको कर्मचारीका अनुसार २८ किलोमिटर खुल्ला सिमा रहेको जिल्लाको विभिन्न स–साना अवैध नाकाहरु प्रयोग गरि तस्करी हुदै आएको छ । दशगजामा पानी र झारपात बढेकाले गस्ती गर्न सुरक्षाकर्मीलाई कठिनाई हुने र सोही मोका छोपी तस्करहरु सुरक्षाकर्मीको आँखा छल्दै रातीको समयमा तस्करी गर्ने गरेको पाइएको छ ।