साउन १६ बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही जिल्ला इन्चार्ज संगम पुन सहित एक दर्जन नेता कार्यकर्ता रुपन्देही बाट गिरफ्तार भएका छन्

ईन्चार्ज पुन सहित १ दर्जन कार्यकर्ता लाइ प्रहरीले रुपन्देहीको बुटवल नजिकै बाट पक्राउ गरेको स्रोतले बताएको छ ।
स्थानीय सुकुम्बासी संग छलफलमा सहभागी भईरहेको बेला पुन सहितका कार्यकर्ता पक्राउ भएको नेकपा स्रोतले अनखबरलाई बतायो ।