साउन १६ काठमाडौ ।
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई अदालतले रिहाइको आदेश दिए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेता चन्दलाई जिल्ला अदालत काभ्रेले बिहीबार विस्फोटक समन्धीत मुद्दामा सफाइ दिएको थियो ।

यस अगाडिको मुद्दामा जिल्ला अदालत दाङ देउखुरीले नेता चन्दलाई रिहा गरेलगत्तै प्रहरीले सङ्गठित अपराधको मुद्दा लगाई काभ्रेको बनेपामा पुर्याएको थियो । उक्त मुद्दामा पनि जिल्ला अदालतले रिहाइको आदेश दिएपछि नेता वीरजङ्गलाई पुनः अर्को मुद्दा लगाई भोजपुर लगिएको समाचार प्राप्त भएको छ । सङ्गठित अपराधको मुद्दामा प्रहरीले नेता वीरजङ्गलाई भोजपुर लगेको स्रोतले जनाएको छ ।

उक्त मुद्दामा अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, देवकुमार मोक्तान र रामकृष्ण भण्डारीले बहस गरेका थिए ।