साउन १७ बैतडी ।प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी र अखिल (क्रान्तिकारी) बैतडीले पर्चौडी नगरपालिका ३ न्वादेउ भवानि मा.वि नौला बैतडीमा कार्यरत शिक्षक राजेन्द्र ब. बोहरालाई कारवाही गरेको छ । शिक्षक बोहराले स्थानिय महिलाहरु र बालबालिकाहरु माथि जाडरक्सी सेवनगरी धम्काईरहेको अवस्थामा अखिल (क्रान्तीकारी) बैतडी का जिल्ला अध्यक्ष कमरेड सुरेन्द्र धानुकको नेतृत्वमा गएको टोलिले अनुसन्धान गर्दा रक्सीकै तालमा शिक्षक राजेन्द्र बोहराले अनाहकमा अखिल (क्रान्तीकारी) का जिल्ला अध्यक्ष्य कमरेड सुरेन्द्र धानुकको टाउकोमा जड्याहा शिक्षक राजेन्द्र बोहराले लठ्ठी प्रहार गरि दादागिरी शैलि मच्चाएको बिषयलाई लिएर अखिल (क्रान्तीकारी) बैतडी र नेपाल कम्युनिष्ट पार्टी बैतडी को गम्भिर ध्यानाकर्षण भएको छ । साथै मा. वि नौलाका शिक्षक राजेन्द्र बोहरा बर्षौं देखी आफ्नै बिधार्थीहरुमाथि यौन शोषण गर्दै आएको कुरा सम्बन्धीत बिध्यालयका शिक्षकशिक्षीकाहरु ,अभिभावकहरु र बिधार्थीहरुको गुनासो रहेको छ । बिधार्थी छात्राहरुमाथिको यौन शोषण र जाँडरक्सी सेवन गरी दादागिरी मच्चाएको बिषय प्रहरी चौकी हाँटलाई राम्रो संग थाहा हुदाहुदैं पनि तथाकथित कम्युनिष्ट सरकारको आडमा प्रहरी चौकी हांटले कमिसन खाई संरक्षण गरेको कुरा पुर्चौडिं बासिहरुलाई राम्रै संग थाहा छ । यस्तो अराजनैतिक,अपराधीक र दलाल संसदीय ब्यवस्थाको बिरुद्वमा शसक्त प्रतिरोध गर्दै देश ब्यापिरुपमा राष्टीयता,जनतन्त्रं र जनजिवीकाको बिषयलाई लिएर भुमिगत जिवन बिताएको नेपाल कम्युनिष्ट पार्टी र पार्टी तथा लाखौं बिधार्थीको जनप्रिय संगठन अखिल (क्रान्तीकारी) बैतडी ले जड्याहां तथा बलत्कारी शिक्षक राजेन्द्र बोहराको उक्त घिनलाग्दो कार्यको घोर निन्दा तथा भ्रत्सना गर्दछ । साथै अखिल (क्रान्तीकारी) बैतडी का अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी बैतडी को नेतृत्वमा खटीएको टोलिले स्थानिय जनताहरुले भनेबमोजिम बैतडी जिल्लाको पु न पा ३ साँफे बजारमा जड्यांहा तथा यौन पिपासु शिक्षक राजेन्द्र बोहरालाई जनकार्वाही स्वरुप कालोमोसो दलि कान समातेर उठबस गर्न लगाई मा बि नौला देखी सांफे बजार सम्म जनश्रमदान स्वरुप २०दिन सम्म बाटो निर्माण गर्ने निर्णय गरेको छ । पार्टीको सि.आई.डी सुराकी गर्ने,जांडरक्सी सेवन गरी दादागिरी मच्चाउने र बिधार्थिहरुमाथि यौन शोषण गर्ने जो कोही अपराधीहरुलाई समेत जनताको जनअदालत बमोजिम कार्वाही गरिने चेतावनि समेत अखिल (क्रान्तीकारी) बैतडी र नेपाल कम्युनिष्ट पार्टी आम बैतडी बासीहरुमा सहर्ष जानकारी गराउदछ!