साउन २८ स्याङ्जा ।
स्याङ्जा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका चापाकोट नगर सचिव राजु कोईरालाले एक वक्तव्य जारी गर्दै राजनीतिक प्रतिशोधले चरित्र हत्या गर्न अनावश्यक अफवाह फैलाएको बताएका छन् ।
आज एक वक्तव्य जारी गर्दै कोईरालाले आफू माथि लगाएको आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको समेत बताएका छन् । उनलेे एकपक्षीय र राजनीतिक पुवाग्रहले ग्रसित भएर लेखिएको समाचारमा सत्यता नभएको समेत वक्तव्य मार्फत खण्डन गरेका छन् ।
पिडित भनिएकि महिलाले समेत तथ्यहिन समाचार लेखेर मेरो पारिवारिक जिवनमा अनावश्यक ट्रचर दिएको दुखेसो राखेको स्रोतले बताएको छ ।
कोईराला पुर्व माओवादी कोटाबाट नगर सचिव बनेकोले पनि भित्रै र बाहिर बाट घेराबन्दीमा पार्न खोजिएको कतिपयले तर्क गरेका छन् । यसैबिच वक्तव्य निकालेर दोषी भए कारबाही भोग्न तयार रहेको बताए पछि कोईराला माथिको आरोप थप कमजोर बन्ने देखिन्छ । कोईराला नगर सचिव बनेपछि पार्टी भित्रैको एउटा समुह असन्तुष्ट बन्दै कोईराला विरुद्ध लागिपरेको थियो । पार्टी नगर सचिव बनेपछि सक्रिय राजनीतिमा रहेका कोईरालालाई महिला दुर्ववहार गरेको आरोप लागेको थियोे ।