१ भाद्र, बुटवल
जात भात र धनी गरिव बिच भेदभाव न छुट्याउने कोरोना संग बुटवल उपमहानगरपालिकाले भने आफ्नै कर्मचारीहरु बिच ठूलो भेदभाव गर्ने गरेको रहस्य खुलेको छ |
स्थाई, करार, ज्यालादारी जस्ता नाममा सेवा सुविधाकोलागी भेदभाव हुने गरेको हो | स्थाई जागिर प्रवेश गरे पछि सम्पुर्ण बिमा सुविधा पाउने ब्यवस्था हुन्छ तर फेरि स्थाईलाई कोरोना बिमा गर्ने गरि प्रकृया अघि बढाएको बुझिएको छ |
स्थाई कर्मचारीको बिमा प्रक्रिया अघि बढाईएको छ तर लकडाउन र बन्दको समयमा स्थाई सरहनै सबै काम काज गरिरहेका अन्य ज्यालादारी, करार र स्थाई कर्मचारीहरु स्वास्थ्य सम्बन्धि कुनै प्रवन्ध गरिएको छैन | के करार, ज्यालादारी सरहका कर्मचारीलाई कोरोना लाग्दैन भन्ने नयाँ निष्कर्ष बुटवल ले निकालेको हो ??
बुटवल उपमहानगरमा करार वा ज्यालादारीमा काम गर्नु अपमानत हुनु सरह भएको त्यहाँ कार्यरत करार कर्मचारीहरु बताउछन् | पुर्ण रुपमा काममा लगाउने र आफ्नो अनुकुल नमिलेमा अनेक बाहाना र प्रपन्च गरि कर्मचारीहरुलाई छि छि र दुर दुर गरिने अवस्था बुटवल उपमहानगर पालिका भित्र रहेको छ |
पुर्ण रुपमा कर्मचारीको जालो भित्र जकडिएको बुटवल उपमहानगरपालिका स्थानीय निर्वाचन पुर्व पटक पटक उत्कृष्ट नगरपालिका भएर सम्मानित भएको भए पनि पछिल्लो समयमा कर्मचारीहरुकै हालि मुहाली नियन्त्रण गर्न न सकेकोले आफुहरु निरीह सरह भएको एक जनप्रतिनिधिले बताउनु भएको छ | ” बर्षौ देखि जकडिएको जालो छ, यता बाट लग्यो उता जालो उता बाट यता ल्यायो यता जालो बन्छ, केही गर्नै न सकिने अवस्था छ |” ती जनप्रतिनिधिले बताए |
केही समय अघि बढुवाको बिषयमा मन्त्रालयको पत्र पछि केही मिडियामा आएको उपमहानगरका कार्यकारी अधिकृत चक्रपाणि शर्माको भनाईलाई गम्भीरता साथ लिने हो भने कर्मचारीको दव दवा कति छ भन्ने प्रष्ट हुन्छ | यस्तो जालो र जाल झेल भित्र करार र ज्यालादारी कर्मचारीले कार्य सम्पादन गर्दा भएका राम्रा कामको जस शाखा भित्रका हाकिमहरुले लिने र गर्दै न गरेका कामको अपजसमा भने हाकिम पन्छिन करार र ज्यालादारी कर्मचारी तिर तेर्साउने गरिएको बताईएको छ | सागठनिक रुपमानै कोरोनाको बिमाको सन्दर्भमा आफुहरु दोस्रो दर्जको रुपमा अपमानित भएको प्रष्ट भएको ती कर्मचारीको बुझाई रहेको छ |
यो सामाग्री तयार पार्दा सम्म उपमहानगरका लेखा शाखाका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ |