नवलपरासी, भाद्र २ ।
कोरोनाबाट संक्रमित भएका नवलपरासी सुस्ता पश्चिमका एक पुरुषको निधन भएको छ । ३९ बर्षिय शुभाषचन्द्र गिरिको कोरोनाको कारण निधन भएको हो । उनी नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति हुन ।
केही समय अगाडी पित्तथैलीमा भएको पथरीको शल्यक्रिया गरेका उनलाई हप्तादिन अगाडीमात्रै कोरोना पोजेटिभ देखिएको थियो । उपचारको क्रममा पाटनमा रहेका उनी बिशेष उपचार कक्षमा उपचाररत रहेका र गत राती २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।