भदौ २ काठमाडौं । झूट्टा मुद्दा लगाएर गिरफ्तार गरिएकी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी प्रभावशाली नेतृ उमा भुजेल र झापा जिल्ला ईन्चार्ज सुमनसिंह पौडेललाई जिल्ला अदालत सुनसरीले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । अदालतले आदेस दिएपनि अदालत परिषदमा ठुलो मात्रामा प्रहरी परिचालन गरेर पुनः गिरफ्तारको तयारी गरिएको बुझिएको छ ।

९ महिना अगाडि सुनसरी बाट गिरफ्तार भुजेल र पौडेललाई प्रहरीले विभिन्न जिल्लामा लगेर झुठो मुद्दा लगाएर दुख दिएको नेकपा स्रोतले अनखबरलाई बतायो । विभिन्न जिल्लामा अदालतबाट राज्यविरुद्ध कसुर गरेको लगायतमा मुद्दामा साधारण तारिखमा रहने आदेश गरिरहेको थियो तर प्रहरीले पटकपटक अदालतको प्रवेशद्वारबाटै पुनः गिरफ्तार गरी विभिन्न जिल्लामा लैजाने प्रक्रिया चलाएको छ ।

यसअघि उहाँलाई सुनसरीमा गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर त्यहाँबाट झापा, धनुषा, कैलाली, गोरखाललितपुर,भोजपुर,सोलुखुम्बु हुदै सुनसरी पुर्याएको थियोे । सुनसरी अदालतले समेत छाड्ने आदेश दिएको छ तर प्रहरीले भने पुनः पक्राउको तयारी गरिरहेको अदालतमा उपस्थिति पत्रकारहरुले बताए ।

भुजेललाई २०७६ भदौ र असोजमा पनि सरकारले गिरफ्तार गरी विभिन्न मुद्दामा थुनामा राखेको थियो तर सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण रिटबाट छोडिएको थियो । उनलाई राजनीतिक आस्थाका आधारमा पटकपटक गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर थुनामा राखिँदै आएको छ । भुजेल अन्तरिम विधायिका र संविधानसभाकी सदस्य रहिसकेकी नेकपा प्रभावशाली नेत्री हुन् । भुजेल जनयुद्धको समयमा चर्चित गोरखा जेल ब्रेककी कमान्डर समेत हुन् ।