२ भदौ, बुटवल । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आज भदौ २ गतेदेखि लागू हुनेगरी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।
कोरोनाको संकट बढेसगै जिल्लामा दैनिक संक्रमितको संख्या बढिरहेको थियो । विभिन्न पालिकाहरुले लकडाउन गरेपनि प्रभावकारि नभएपछि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।   निषेधाज्ञा अवधिमा जिल्लाभर अत्यावश्यकवाहेक सबै सेवा बन्द हुने र आदेश उल्लंघन गरेमा कारवाही गरिने उनले बताए ।