प्रीसा बस्नेत भदौ २ ताप्लेजुङ ।
लक्ष्मि बैंक लिमिटेड फुङ्लिङ शाखा ताप्लेजुङले श्रि जनता माध्यमिक बिधालय हाङ्देवालाई २ थान कम्प्युटर प्रदान गरेको छ।सामाजिक उतर दायित्व कार्यक्रम आन्तर्गत सहयोग गरिएको बैंकका शाखा प्रबन्धक युवराज कोइरालाले बताउनु भयो ।
समयको माग अनुसार दिनानुदिन बढ्दै गइरहेको प्रविधिको विकास संगै शिक्षालाई प्रविधी संगै लैजानका लागि आफुहरुको सहयोगले बिद्यार्थीलाई बिधालय तहबाट प्रविधिका कुराहरु सिकाउने बिधालयको लक्ष्यलाई केही सहयोग पुग्ने उहाँको भनाइ रहेको छ। सोही कम्प्युटर बिधालयका प्रधानध्यापक सरद निरौलालाई बिधालयमै पुगेर शाखा प्रबन्धकले कम्प्युटर हस्तान्तरण गर्नु भएको थियो ।