ध्रुव गौडेल,भदौ ४ स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ मा अवस्थित बज्रे भञ्ज्याङ माध्यामिक विद्यालयका शिक्षकहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै बिधालयमा मकै,खुर्सानी,बोडीबोडा,भेन्टी,टमाटर लगायतका तरकारी फलाएका छन् । लकडाउनमा सरकारी बिधालयका शिक्षकहरु प्रायः कक्षा सञ्चालन नभएपछि फुर्सदिला भएर बसिरहेको बेला उक्त बिधालयका शिक्षकहरू भने १२ घण्टा बिधालय मार्फत लिजमा लिएको जग्गामा मकै छर्ने,खन्ने,अन्य तरकारी,बोटबिरुवा लगाउने काममा व्यस्त थिए । बिधालय मार्फत लिजमा लिएको जग्गामा लकडाउन सुरु हुने बितिकै खनजोत् लगायतका काममा शिक्षकहरु जुटेका हुन । मकै संगै अन्य विभिन्न जातका तरकारी लगाउने काममा व्यस्त थिए ।
बिधालयले उक्त मकै तथा तरकारी वेचबिखन् बाट प्राप्त भएको आम्दानीलाई बिधालयको कोषमा जम्मा गरिने प्रधानध्यापक नेत्र प्रसाद गैरेले बताउनुभयो । प्र.अ. गैरेले बिधालयले २५ रोपनी जग्गा लिजमा लिएर उक्त काम सुरुवात गरेको बताए । बिधालय सञ्चालन भएपछि समेत बिधार्थीहरुलाई ब्यवहारीक शिक्षामा जोड दिने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । बिधालयको छेउछाउ जताततै खुर्सानी,टमाटर तथा अन्य जातका विभिन्न तरकारी लगाएर हराभरा बनाईएको छ ।
बिधालयको उक्त अभियानलाई स्थानीयले सक्रियता पुर्वक साथ दिएको र कहिलेकाही बिधार्थीहरु समेत सहभागी हुने गरेको बिधालयका सहायक प्र.अ.भोजराज भण्डारीले अनखबरलाई बताउनुभयो ।
यस्तै बिधालयकै ६ जना शिक्षकहरुको सक्रियता र सहभागीतामा नजिकै अर्को छुट्टै ठाउँमा सामुहिक कृर्षि फम सुरु गरिएको छ। गल्याङ्ग नगरपालिकाका वडा न:११ को बतासेकोटमा करिव ७० रोपनि जग्गा १० वर्षका लागि लिजमा लिएर बतासेकोट नमुना कृर्षि तथा पशुपालन फम दर्ता गरि सुरु गरिएको बज्रे भञ्ज्याङ माध्यामिक विद्यालयका प्र.अ. तथा उक्त फर्मका संयोजक नेत्र प्रसाद गैर्हेले बताउनुभयो । उक्त विद्यालयका ६ जना शिक्षकहरु प्र.अ.नेत्र प्रसाद गैर्हे,भोजराज भण्डारी,टिकाराम सिंजाली,याम प्रसाद पाण्डे,रेशम राना र फर्म बहादुर सिंजालीको सामुहिक सक्रियता र लगानिमा खोलिएको फर्ममा कुखुरा ,बङ्गुर ,वेमौसमी तरकारीका साथै विभिन्न किसिमका तरकारी जातका बिरुवाको समेत तयार गरिएको छ । कोरना महामारीले विश्वनै आक्रान्त र देशनै ठप्प भएको अवस्थामा सरकारले घोषणा गरेको बन्दाबन्दीको समयलाई विद्यालयको आर्थिक अवस्थमा पनि सुधार गराउने साथै अदुवा जोनको अवधारणालाई व्यवस्थित गराई नमुना विद्यालयको रुपमा अगाडि बढाउने उदेश्य रहेको बिधालयले बताएको छ ।
बिधालय तथा शिक्षकहरूले चलाएको कृषि तथा पशु फर्ममा पुग्दा साच्चिकै एउटा रहरलाग्दो नमुना फर्मको रुपमा देख्न सकिन्छ ।