भदौ ७ काठमाडौ ।
विद्रोही नेपाल कम्युनिस्ट पार्टीकी तत्कालीन पोलिट्व्युरो सदस्य तथा मेची कोशी व्युरो ईन्चार्ज उमा भुजेल शिलुको पटकपटकको गैरकानुनी गिरफ्तारीको विरुद्ध सत्तारूढ नेकपाका नेतृ यशोदा सुवेदीले आक्रोश व्यक्त गरेकि छन् ।
सामाजिक सञ्जालमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारीले व्यक्त गरेको विचारलाई स्क्रिनसट गरेर शेयर गरेकी नेतृ सुवेदीले क्याप्सनमा भनेकि छन्-यो अति भयो ! खै कहाँ छ मानवअधिकार ? खै कहाँ छ लोकतन्त्र ? विधिको शासन सकिएकै हो त ?
सुवेदीले सामाजिक सञ्जालमा पटकपटक गिरफ्तारी गर्नुले लोकतन्त्र र बिधिको शासन माथि प्रश्न चिन्ह खडा भएको टिप्पणी समेत गरेकि छन् । सरकारले नेकपा नेतृ भुजेललाई ९ महिना अगाडि सुनसरी बाट पक्राउ गरि अहिलेसम्म ११ जिल्ला पुर्याईसकेको छ भने अदालतले पटकपटक छाड्ने आदेश दिएपनि अदालतकोआदेशको अवज्ञा गर्दै विभिन्न जिल्लामा घुमाईरहेको छ ।
यस्तै भुजेलको गिरफ्तारीको बिषयलाई लिएर मोहन बैध नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारीले कडा शब्दमा विरोध जनाएका छन नेता अधिकारीले फेशबुकमा लेखेका छन-उहिल्यै जर्मनीमा त्यहाँको सामाजिक जनवादी पार्टीले रोजा लक्जेम्बर्ग को हत्या गर्न गोप्य ढंगले एउटा आर्थिक कोष निर्माण गरेको थियो रे।अहिले नेपालमा पनि समाजवाद उन्मुख अभियान चलाउने सत्तारुढ पार्टीले नेपाली रोजा लक्जेम्बर्ग(क.उमा भुजेल)लाई त्यस्तै षड्यन्त्र गरिरहेको छ।१२ औं पटकको रिहाई पछि उहाँ पुनः गिरफ्तार भइ राजबिराज पुलिस हिरासतमा हुनुहुन्छ।फेरि पनि उहाँको स-सम्मान रिहाईको आवाज उठाऔं।
अधिकारीले राज्यले रोजा लक्जेम्बर्गलाई जस्तैः गम्भीर षड्यन्त्रमा लागेको संकेत समेत बताएका छन् ।