पाल्हिनन्दन/ ०७ भाद्र

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न:• ०५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ताको ज्यान मार्ने गरि आक्रमण गरिएको छ।

भाद्र ५ गतेको दिन करिब १२/०१ बजेको समयमा पाल्हिनन्दन गाउपालिका वार्ड न: ०५ का वडा अध्यक्ष ओमप्रकाश तेलि( गुप्ता) लाई ज्यान मार्ने किसिमको प्रहार गर्ने आएका तर स्पष्ट पहिचान गर्न नसकेका कारण कार्यालय सहयोगि राजेश कुर्मीलाई बिना कुनै कारण हातपात कुटपिट गरि अभद्र व्यवहार गरेका छन ।

पाल्हिनन्दन गाउपालिका उपाध्यक्ष पाबित्री कोहार सहित ४ वडा अध्यक्ष एवम् ३ कार्यपालिका सदस्यहरु सहितको सन्युक्त जारी प्रेस विज्ञप्तिमा घटनाको मुख्य षड्यन्त्रकारि गा०पा० अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक) लाई देखाइएको छ ।
विज्ञप्तिका अनुसार पाल्हिनन्दन गाउपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ताको सुनियोजित षड्यन्त्र र निर्देशनमा पाल्हिनन्दन गाउपालिका वार्ड न:०३ बेलाशपुर बस्ने चन्द्रभान धरिकार( उप-नाम मन्त्री ), राजेश गुप्ताको छोरा , साधु नाउको छोरा ,ज्वाला , पन्जाबी, मेलु मुसलमान लगायतका पेचाडा युवाहरुको समुह एवम् नगर प्रहरी नर्वेदेश गुप्ता तथा कार्यालय सहयोगी भुनेश्वर रायले गाउपालिकाको कार्यालय अगाडि नै उक्त घटना गरेका छन् ।


“जन प्रतिनिधि अपमानित र अमर्यादित एवम् अभद्र व्यवहार भइ कार्यालय सहयोगी माथी कुटपिट गरि अभद्र व्यवहार गरेकाले हामी सम्पुर्ण असुरक्षित तथा न्यायका लागी उपेक्षित छौ। ” वडा अध्यक्ष ओम प्रकाश तेलि प्रति सुनियोजित षड्यन्त्र तथा ज्यान मार्ने योजना भएको र कार्यालय सहयोगि राजेश कुर्मी माथि दुर्व्यवहार ,अभद्र व्यवहार , कुटपिट भएकोमा न्यायका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी , जिल्ला प्रहरी कार्यालय नवलपरासीमा अनुरोध गर्दै यो सन्युक्त प्रेस विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष गुप्ता लगायत दोषीलाई कानुन बमोजिम काम कार्यवाही नभए न्याय नपाउन जेल चरणबद्ध रूपमा शान्तिपुर्ण विरोधका कार्यक्रम सन्चालन गर्नुको साथै गाउपालिकाको कार्यालयमा समेत तालाबन्दी गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ।