बुटवल,७ भदौ ।
मानव अधिकार तथा शान्ति सामाजले चितवनको माडी नगरपालिका कुसुमखोला स्थित सकुम्वासी बस्तीमा घटेको घटनालाई लिएर एक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिबेदनमा घर जलाईने र मान्छे मार्ने काम चेपाङ बस्तिमा भएको भन्दै चेपाङ्ग बस्तिको मानवअधिकार र बाच्न पाउने अधिकार खै? भन्दै प्रतिप्रश्न गरेका छ्न । यस्तै बस्तिमा राष्ट्रिय, अन्र्तरािष्ट्रय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको घटनाको आज अध्ययन अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै शान्ति सामाजले उक्त घटना राष्ट्रिय, अन्र्तरािष्ट्रय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर गरेको हो ।
गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपीटबाट मृत्यु भएको भन्दै शान्ति समाजले घटनामा सम्लग्न सैनिक जवानलाई कानुन सम्मत कारवाहि गरी नेपाली सेना यातना विरुद्धको अन्र्तराष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको सवै सामु विश्वस्त पार्नुपर्ने जनाएको छ ।
अति सिमान्तिकृत चेपाङ्गहरु माथी भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ्ग जातीको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागु गर्नपर्ने भन्दै समाजले मृतकका परिवारलाई राज्यले यथेष्ट क्षतिपुर्ति र यातना पिडितहरुको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनु पर्नेमा जोड दिएको छ ।
अनुगमन टोलीका संयोजक समेत रहेका मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले आज एक प्रेस विज्ञप्ति जारी गरी घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सकुम्वासीहरुको घर आगजनी गरी बिचल्लीमा पारेको भन्दै विज्ञप्तिमा उक्त घटनाको घोर निन्दा र भत्र्सना गरिएको छ ।
अनुगमन टोलीले मृतकका परिवार,यातना पिडितहरु,स्थानीय जनप्रतिनिधीहरु,सुरक्षा निकाय,स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसगँ छलफल गरेको विज्ञप्तिमा जनाइएको छ ।
मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्धय श्यामसुन्दर पराजुली,बाबुहरि आचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल,सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको थियो ।

प्रेश बिज्ञप्ती

चितवन रािष्ट्रय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण सम्वन्धमा मानव अधिकार तथा शान्ति समाजको प्रतिवेदन ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार,यातना पिडितहरु र सरोकारवालाहरुसगँ भेटगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रिय टोलीले अध्ययन अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम, बर्वर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आज आईतबार प्रतिवेदन सार्वजनिक गर्दे उक्त घटना राष्ट्रिय, अन्र्तरािष्ट्रय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर गरेको छ ।

उक्त यातनाको घटनामा सम्लग्न सैनिक जवानलाई कानुन सम्मत कारवाहि गर्दे सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्र्तराष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको सवै सामु विश्वस्त पार्नुपर्दछ । साथै राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपुर्ति र यातना पिडितहरुको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनु पर्दछ ।

अति सिमान्तिकृत चेपाङ्गहरु माथी भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ्ग जातीको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागु गर्नपर्ने भन्दै चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीहरुको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले घोर निन्दा र भत्र्सना गर्दै उनीहरुको बसोबासको उचित प्रवन्ध मिलाउन जोडदार माग गर्दछ ।

अनुगमन टोलीले मृतकका परिवार,यातना पिडितहरु,स्थानीय जनप्रतिनिधीहरु,सुरक्षा निकाय,स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसगँ छलफल गरेको थियो। मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्धय श्यामसुन्दर पराजुली ,बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल,सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको थियो ।

मिति २०७७ । ४ । ७ आईतबार

गोबिन्द खनाल

बरिष्ठ उपसभापति

मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय समिति ।