भाद्र १०, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ जनालाई जिल्ला प्रशासन कार्यालयले छोड्ने आदेश दिएको छ ।
प्रहरीले १० जना गिरफ्तार गरेकोमाध्ये ५ जनालाई प्रहरीलाई दुव्र्यवहार गरेको मुद्दा लगाईएको थियो त्योमध्ये ५ जनालाई हातहतियार तथा खरखजना ऎन अन्तरगत मुद्दा हालेको छ ।
५ जनामध्येलाई आज जिल्ला प्रशासनले छोडेको छ । तर तिमध्य ३ जनालाई कोरोना बिशेष अस्पताल पुर्याईएको छ । यस्तै बुटवलको हिरासतमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना आजै छुट्ने मध्यका रहेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।
संक्रमित पुष्टि भएका थुनुवा र अन्य थुनुवाको ब्यवस्थापनका बिषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल जारी रहेको उनले बताए ।
डिएसपी खत्रीका अनुसार थुनुवामा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ । थुनुवालाई स्थानीय तहसँग समन्वय गरि आइसोलेसनमा पठाईने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।