भाद्र १०, बुटवल
बुटवलको ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ९  जनालाई कोरोना पोजेटिभ देखीएको छ ।
भिम अस्पतालमा गरिएको स्वाव संकलनको रिपोर्टमा १५ जना थुनुवाको रिपोर्ट पोजेटिभ आएको थियो, जसमध्ये ९ जना विप्लव निकट नेकपाका नेता हुन, उनीहरुलाई गत साउन १३ गते प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले १० जना गिरफ्तार गरेकोमाध्ये ५ जनालाई प्रहरीलाई दुव्र्यवहार गरेको मुद्दा लगाईएको थियो त्योमध्ये ५ जनालाई हातहतियार तथा खरखजना ऎन अन्तरगत मुद्दा लगाएको छ  ।
५ जनामध्येलाई आज जिल्ला प्रशासनले छोडेको छ । तर तिमध्य सबैलाइ भिम अस्पताल भैरहवा लगिएको छ । पुर्याईएको इप्रका बुटवलका प्रमुख डिएसपी प्रतितसिह राठोरले
संक्रमित पुष्टि भएका थुनुवा र अन्य थुनुवाको ब्यवस्थापनका बिषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल जारी रहेको उनले बताए ।
थुनुवालाई स्थानीय तहसँग समन्वय गरि आइसोलेसनमा पठाईने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।