भाद्र १६ बुटवल ।
कोभिड १९ कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिरहदा धेरै मजदुर वर्गका मान्छेहरु बेरोजगार भैरहेको र भोकै बस्नुपर्ने अबस्था आएको भन्दै सामाजिक सन्जालमा सक्रिय घरघरमा हामी अभियानले बुटवलमा फूड बैङ्क सन्चालनमा ल्याएको छ ।
बुटवलको देविनगरमा हिजोदेखि सन्चालनमा आएको फूड बैङ्कले हुनेले दिएर जाऔ नहुनेले लिएर भन्न्दै सहयोगदाताबाट ल्याउने र नहुनेहरुलाई वितरण गर्ने घरघरमा हामी अभियानका सम्योजक शिव डुम्रेले बताए । डुम्रेका अनुसार लकडाउन लम्बिरहदा नागरीकहरुले रोजगारी गुमाएको र भोकै पर्नुपर्ने अबस्था आउने भन्दै कोहि भोको नरहोस भनेर यो अभियान चलाईएको हो । रुपन्देहीमा दिन चहानेहरु धेरै हुनुहुन्छ तर दिने माध्यम पाउनुभएको छैन,हामी त्यसको माध्यम मात्र बनेका हौ डुम्रेले बताए ।
हिजो पहिलो दिन ६ जना दाताले दाल,चामल,नुन,तेल, स्वाविन,चिउरा,चाउचाउ,माक्स,सेनिटाईजर, हरियो तरकारी दिएको र २५ जनाको परिवारले खाधान्न लगेका छ्न। यसैगरी हरेकदिन नया दाताले सहयोग गर्नेछन भने नयानया ठाउका नागरीकले सो खाधान्न पाउने छ्न । अभियानले लकडाउन अवधीभर मात्रै नभैइ अरु समयमा पनि यसलाई ब्यवस्थापन गरी फूड बैङ्क सन्चालन गर्ने तयारी गरिएको अभियानले बताएको छ ।