भदौ १६ बुटवल । बुटवलका विभिन्न औसधि पसलहरुमा कालोबजारी बढेको छ । कोरोना महामारीको विषम परिस्थितिमा पसलहरुले मनलाग्दी मुल्य लिएर औसधि लगायतका सामग्री बेचिरहेको गुनासो आएको हो । आइतवार बुटवलका केही सर्जिकल पसलहरुमा अनुगमन गर्दा व्यापारीले मुल्य भन्दा ५ गुणा सम्म बढी शुल्क लिएको भेटिएको हो । महामारी फैलिएसंगै मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सुरक्षाका सामग्रीहरुको चर्को मूल्य लिने गरेको गुनासो बुटवलमा बढ्दो छ ।
औषधी तथा अस्पतालजन्य वस्तुका सप्लायर्सहरुले मास्क तथा सेनिटाइजरको चर्को मूल्य लिनुका साथै कृतिम अभावसमेत श्रृजना गर्न थालेपछि अनुगमन गरिएको
नगर उपप्रमुख गोमादेवी आचार्यले बताउनु भयो ।
अनुगमनका क्रममा बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गरिएको थियो । त्यस्तै केहि औषधी सप्लायर्स भने अनुगमन समिति आउने थाहा पाएपछि बन्द गरेर भागेका थिए । कतिपयले भने अनुगमन गर्न आउने खबर गरेर नजिकैका मान्छेलाई भगाएको समेत आरोप लगाएका छन् । बुटवलमा सयौं पसल छन्, अनुगमन समितिले २ वटा मात्रै पसलमा अनुगमन गरेजस्तो गरेर अरुलाई बचाउन खोजेको हो, वा बेवास्ता गरेको हो बुझ्न नसकेको गुनासो समेत गरेका छन् ।
५ गुणा सम्म बढी रकम लिने औसधि पसललाई सम्झाएर छोडिएको नगर उपप्रमुखले बताईरहदा जनता भने अचम्मित भएका छन् । यस्तो गम्भीर महामारीमा कालोबजारी गर्ने कारबाही नगरी सम्झाएका छौँ भन्नू लज्जास्पद बिषय भएको उनीहरूले बताए ।
-स्वास्थ समाचारको सहयोगमा