भदौ १८ वालिङ ।जनयुद्धकालिन बेपत्ता योद्धा डोलराज डुम्रे(हरी) लाई मातृशोक परेको छ ।डुम्रेकि ८३ बर्षीय माता हिरादेवी डुम्रेको गत भदौ ९ गते वालिङ नगरपालिका वडा नम्बर १४ स्थित हुलकाङमा निधन भएको थियोे । डुम्रे विगत १८ बर्षदेखि बेपत्ता छन् । जनयुद्धकालिन समयमा स्याङ्जाको डुम्रेभञ्ज्याङ बजार बाट राज्य पक्षबाट पक्राउ परेका उनी अहिलेसम्म बेखबर छन् ।जनयुद्धमा बेपत्ता भएको छोरा घर फर्कने आशमा,बाटो कुरेर बसेकी ८३ बर्षीय आमा हिरादेवी अन्ततः छोराको मुख समेत देख्न नपाई संसारबाट विदा हुनुभएको छ । गणतन्त्र प्राप्तिको मोर्चामा लामबद्व जनयुद्धकालिन बेपत्ता योद्धा डोलराज डुम्रे(हरी)को स्मृतिमा आज नेकपाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो,सभामा बोल्दै नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला ईन्चार्ज राजकाजि गुरुङले जनयुद्धकालिन मुद्दा अपुरा भएको स्विकार्दै थप नयाँ र वैज्ञानिक आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ,भने डुम्रेको ममतामयी माताको स्मृतिमा भावपुर्ण श्रद्धाञ्जली समेत अर्पण व्यक्त गरेका छन् । श्रद्धाञ्जली सभामा गण्डकी प्रदेश कमिटी सदस्य एवम् स्याङ्जा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारस,गण्डकी प्रदेशकमिटिका सदस्यहरु शैलेन्द्र घिमिरे,लक्षमिपति पौडेल, कल्पना अर्याल प्रकाश न्यौपाने किरण ,तारा प्रसाद भुषाल,यामबहादुर कुवर ,राजेन्द्र डुम्रे लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बेपत्ता योद्दा डोलराज डुम्रे(हरी)को विशेष स्मरण र आमाको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको नेकपाका नगर सचिव रमेश अर्यालले बताउनुभयो ।
अर्यालले बेपत्ता योद्धा र जनयुद्धका घाइते अपांगलाई राज्यले विशेष कार्यक्रम ल्याएर सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।