असोज २, बुटवल
देवदह नगरपालिका वडा ५, दुर्गानगरस्थित एक विपन्न परिवारलाई ‘घरघरमा हामी’ अभियानले राहात वितरण गरेको छ ।
अभियानले साझ विहान छाक टार्नसमेत धौधौ भैरहेको धनबहादुर गुरुङको १० जनाको परिवारलाई खाद्यान्न वितरण गरेको हो । परिवारको जेठो छोरा धनबहादुरलाई मुटुमा समस्या देखिएपछि परिवार नै पीडामा परेको छ । अर्का भाईले गाडीमा सहचालक बनेर केही आम्दानी गरेर परिवार जसोतसो चलाएका थिए तर त्यो पनि ७ महिनादेखिको लकडाउनले बन्द भएपछि घरको आम्दानी नै पुर्ण रुपले ठप्प भयो । त्यसपछि गुरुङ परिवारका दुखका दिन सुरु भए, एकातिर महिनैपिच्छे हजारौं पैसाको औषधी खानुपर्ने आमाछोराको अवस्था, त्यसमाथि १० जनाको ठूलो परिवार छाक टार्नै धौधौ भएपछि छिमेकीहरुले थोरै थोरै चन्दा दिएर केही दिन कट्यो, केही दिन वडा र नगरको राहात पुग्यो तर त्यसपछिका दिनहरुमा उनिहरु कहिले केटाकेटीलाई मात्रै खुवाए त कहिले एकछाक खाए ।
यी र यस्तै समस्याहरुसग लडिरहेका परिवारलाई राहात जुटाउदै र वितरण गर्दै आएको घरघरमा हामी अभियानले खाद्यान्नहरु जुटाएर टोल विकास सस्थाको रोहबरमा शुक्रबार वितरण गरेको हो ।
अभियानका सदस्यहरुले २५ केजी चामल, ५ केजी दाल, ३ पोका नुन, १० केजी आलु, ५ पोका स्वायविन, २ लिटर तेल, १०/१० पुरिया बेसार, खुर्सानी, मसला, ९ थान साबुन, लगायतका सामाग्रीहरु लिएर घरमै पुगेर हस्तान्तरण गरेका हुन । “अभियान निरन्तर चलिरहेको छ, प्रभावित परिवारलाई दिन पाएका छौं, दिनेहरू पनि हुनुहुन्छ पुर्याउनुपर्ने अझ धेरै हुनुहुन्छ” सस्थाका संयोजक शिव डुम्रेले बताए । ‘हिजोसम्म अलिअलि जगेडा खाएका थियौं, बिहान २ किलो चामल ल्याएका थियौं त्यही खायौं, आजदेखी केही दिनलाई पुग्नेगरी घरमै ल्याईदिनुभयो ।’ परिवारका जेठा पुत्र धनबहादुर गुरुङले बताए । उनले भने, “कसैले मुटुको औसधि ल्याईदिए केही समय बाच्थे होला ।” यस्तै राहात वितरण कार्यक्रममा बोल्दै टोल विकास सस्थाका अध्यक्ष टेकबहादुर रानाले अभियानले निकै राम्रो काम गरेको भन्दै प्रशम्सा गर्दै राहात दिने घर छनौट निकै प्रभावित परिवारलाई रहेको भन्दै आफुहरुले पनि सहयोग गर्ने प्रतीबद्दता जनाएका थिए ।
यसअघि अभियानले तिलोत्तमा १२ का शान्ता नेउपाने, शुशिला चौधरीलाई राहत वितरण गरेको थियो भने काठमाडौका विक्रम तामाङलाई पहिलोपटक सहयोग गरेपछि अहिले उनलाई सहयोग गर्नेहरु बढिरहेका छन । अभियानले स्थापनाको छोटो समयमा नै प्रभावकारी कार्यक्रम गरेको छ ।