वालिङ , असोज ८
अनखबर
अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै ९ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन्
। आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको एक स्थानीयले जानकारी दिनुभयो । १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले जानकारी दिनुभयो ।
घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ । अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएकाखनालले बताउनु भयो । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ । यसैबीच
तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ । पहिरोमा परि बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियार रहेको
स्थानीय विष्णुप्रसाद पाण्डे स्यामलाल ले बताउनु भयो । घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।