वालिङ, असोज ८
अबिरल बर्षाका कारण स्याङ्जामा एकै घरमा ९ जना पुरिएका सबैको सनाखत भएको छ । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै पुरिएका हुन ।
पुरिएर निधन हुनेमा माया नेपाली, सेनु नेपाली, जेठोछोरा दिपक नेपाली, साइलो छोरा कुल दिप नेपाली, कुलदिपको श्रीमती बिनिता नेपाली, बिनिताको एक वर्षे छोरा, काइलो छोरा शिशिर नेपाली, कान्छो छोरा दिवस नेपाली र पाहुना भएर आएकी रुपा नेपाली को निधन भएको हो । यसैगरी घाइते मनिषा नेपालिको उद्दार भैइ उपचार भैरहेको छ ।