ध्रुब गौडेल,असोज ९ स्याङ्जा ।
स्याङ्जाको फेदिखोला गाउँपालिका विभिन्न कोणबाट प्रचारमा आईरहन्छ तर यो पटक भने गाउँपालिकालाई स्थानीयले गम्भीर प्रश्न उठाएका छन् । गत बर्ष कुबिन्डे-मट्टिखान सडकखन्ड कालोपत्रे (पिच) गरियो । कालोपत्रे सडकको अवलोकन तथा अनुगमन गर्न गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी,वार्ड न १ का अध्यक्ष खिम बहादुर क्षेत्री निमार्णस्थल मात्रै पुगेनन् उक्त निर्माण कार्यको तस्बिर खिचर सामाजिक सञ्जालमा हालेर प्रचार गरेका थिए तर अहिले ले उक्त सडक १ बर्ष पूरा नहुदै भत्के पछि चौतर्फी बिरोध भएको छ । कतिपयले फेदिखोला गाउपालिकामा सस्तो प्रचारप्रसार गरिएको तर हरेक काम हरु भने सेवामुखि र प्रभावकारी नभएको तर्क गरिरहेका छन् ।
कतिपयले सामाजिक सञ्जालमा गुणस्तर हिन काम गरेर सस्तो लोकप्रियता कमाएको समेत दाबी गरेका छन् ।
गुरुङ आस्कले फेशबुकमा लेखेका छन् -प्रचारमुखि कामले बर्ष दिन पनि टिकेन,के गरुन् विचाराहरु बर्षौ दिन टिक्यो भने कमिसन आउदैन ! त्यस्तै गणेश पौडेलले व्यङ्ग्य शैलीमा भनेका छन् -पानी ठुलो परेर बगाएछ क्या ! यस्तै धेरैले फेदीखोलाको गुणस्तरहिन कामको बारेमा असहमति राखेका छन् । हेर्नुहोस भत्केको सडक सहित स्थानीयको क्रिया प्रतिक्रिया…