असोज ९, बुटवल
मृत्युको मुखमा पुगेका एक बेबारिसे मान्छेलाई प्रहरीले समयमै उद्दार गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित गोरकट्टाको तिनाउ नदिमा निर्माणाधीन पुलबाट १४ फीट तल खसी पुलको पिल्लरमा अड्किएको अबस्थामा एक बेबारिसे मानिसको उद्दार गरेको हो । विहान ७ बजे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरको नेतृत्वमा इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरीक्षक रुम बहादुर केसी सहितको टोलीले उद्दार गरेको हो ।
निरन्तर परेको अविरल बर्षाले तिनाउ नदीको बहाव उच्च थियो, लामो समयदेखि निर्माणाधीन बनेको पुलबाट साईकल चलाएर आएका उनी खसेपछी टाउकोमा गम्भीर चोट लागेको थियो, पुलबाट खसेर खोलामा नपरी पिल्लरमा अड्केका देखेपछि स्थानीय खबर गरी प्रहरी त्यहाँ पुगेको थियो । अवस्था गम्भीर देखेपछि प्रहरीले डोरीको सहायताले त्यहा पुगी उनलाई निकालेको थियो । अन्दाजी ३४/३५ बर्षका उनी मधेसी बर्णका छन हालसम्म उनको नाम थर र ठेगाना भने खुल्न सकेको छैन । रातीको समयमा खसेको हुनसक्ने उनको टाउकोमा चोट लागेको कारण बोल्न सकेका छैनन्, त्यसकारण घटना र उनको नाम ठेगाना खुल्न सकेको छैन, डिएसपी राठौरले बताए ।
उद्दारपछी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । भने उनी अझै खतरामुक्त भने भैसकेका छैनन । मृत्युको मुखमा पुगेक उनको प्रहरीले समयमै उद्दार गरि अस्पताल पुर्याएको छ ।