अनखबर बुटवल
असोज १०
सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड र बुटवल -नरायणगढमा अबिरल बर्षाका कारण सानाठुला गरि ३ दर्जनभन्दा बढी पहिरोहरु खसेका छ्न । पहिरोको कारण गयरातीदेखी नै सडक पुर्ण अबरुद्ध छ भने यात्रु तथा सवारीसाधनहरु अलपत्र परेका छन ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पाका दर्जनाैँ स्थानमा पहिराे खसेकाे छ । पहिराेले तिनाउ गाउंपालिकाका ठाँउठाँउमा पहिरो खसेर गएरातीदेखि सडक अवरुद्ध भएको छ ।
सिद्दार्थ राजमार्गको तिनाउ गाउपालिका–३, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले बताए । तीन दिन अघिदेखिको अविरल वर्षाले पहिरो खसेको हो । सडक डिभिजन संगको समन्वयमा दुई तर्फबाट डोजर लगाउन सुरु गरिएको छ ।
निरन्तर जोखिम सडकको रुपमा रहेको सिद्दबाबा वर्षा सुरु भएदेखि नै दैनिकजसो पहिरो जादा सडक अबरुद्ध हुने गरेको छ । यस्तै यता पुर्व-पश्चिम राजमार्गश्तित दाउन्नेमा २ दर्जन बढी पहिरो छ्न । पहिरो आज पूरा सफा गर्न सकिने अबस्था नभएको प्रहरीले जनाएको छ । यस्तै तिनाउ नदी लगायतका नदीहरुले पनि क्षति गराएका छन रुपन्देहीको बुटवल, तिलोत्तमा, शुद्दोधन, सिद्दार्थनगर, नवलपरासी, कपिलवस्तु लगायतमा बस्तीहरुमा बाढी पसेको छ ।