असोज ११
निरन्तरको बर्षाले बहाव बढेको तिनाउ नदीले धनजनको क्षति गराउने गरेको छ । आईतवार विहानै नदी किनारमा एक्कासि चिप्लिएर लडेका कृष्ण कार्कीलाई प्रहरीले जिवितै उद्दार गरेको छ ।
वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रहरी नायव निरिक्षक हरिनारायण श्रेष्ठको कमाण्डमा खटिएको टोलिले तिनाउ नदिले बगाउदै ल्याएको पुरुषको जिवितै उद्धार गरेको हो ।
बुटवल ११ बस्ने ४४ वर्षिय कृष्ण कार्की एक्कासी चिप्लिएर तिनाउँ नदिमा लडेका थिए । कार्कीलाई नदिले बगाउदै ल्याएको अवस्थामा तिलोत्तमा वडा न.३ मगरघाटबाट प्रहरीले जिवितै उद्धार गर्न सफल भएको थियो । स्थानीयले खवर गरे लगत्तै प्रहरी घटना स्थल पुगेको थियो ।