बुटवल/ असोज १५
बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ सुख्खानगरका ८० वर्षीय पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हो ।
बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा बुधबार राति
असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान ६:३० बजे अस्पताल भर्ना भएका थिए । उनको गएराती ११:३० मा निधन भएको अस्पतालका सुचना अधिकारी डा. बिष्नु गौतम ले जानकारी दिए । उनि उच्च रक्तचाप का दिर्घ रोगी थिए ।