असोज १४, बुटवल
सामाजिक अभियानको सारथी ‘घरघरमा हामी’ अभियानले मृगौला पीडित चेतबहादुर विकको घरमा खाद्यान्न वितरण गरेको छ ।
बुटवल १०, रामनगरस्थित विगत १ बर्षदेखी डेरा गरि गौतमबुद्द मुटु अस्पतालमा मृगौलाको डायालासिस गर्दै आएका विक स्याङ्जाको गल्याङ्ग नगरपालिका पेलाकोट थुमका हुन । उनी १९ महिनादेखि मृगौला रोगबाट ग्रसित छन् । जसोतसो दैनिक ज्याला मजदुरी गरेर आर्थिक जोहो गरिरहेकी चेतबहादुर विककी श्रीमती देवि विक कोरोनाको महामारी सुरु भएसगै मजदुरी गर्ने कामसमेत पाउन छोडेपछी दैनिक चुल्हो बल्नै गारो हुनथाल्यो ।
“सधै स्याङ्जाबाट आउन जान गारो हुनथाल्यो, भाडा खर्च समेत अत्याधिक हुनथाल्यो, हप्तैपिच्छे चेकजाँच गर्नुपर्ने त्यसैले यही भाडामा बस्ने निधो गर्यौ तर अहिले भाडा तिर्ने अवस्था पनि छैन, काम पनि छैन ।” आखाभरी आँसु पार्दै श्रीमती देवीले भनीन ।
परिवारको आशालाग्दो मान्छे नै बिरामी भएर थलिएपछी उता परिवारको स्थिति पनी उस्तै दयनीय छ । सुरुमा खासै समस्या नदेखेका उनलाई वैदेशिक रोजगारीमा जाने समयमा मेडिकलमा स्वास्थ जाँच गराउदा मृगौलामा खराबी देखिएपछि उनको दु:खका दिन सुरु भएका हुन । उनी मुटु अस्पताल पछाडीपट्टि २ हजार भाडा तिरेर उपचारको लागि १ छोरा र श्रीमतीसहित बस्छन । “अभियानलाई निकै दयनीय अबस्थाबारे जानकारी आएपछि अभियात्रीहरुले जुटाएको केही खाद्यान्नहरु लिएर हामी उहाँकै कोठामा पुग्यौं, अभियानका संयोजक शिव डुम्रेले भने अभियानका ८ जना साथिहरुसहित पुगेका थियौ, नियमित उपचारमा लाग्ने अतिरिक्त शुल्कबारे पनि केही सहुलियत गर्न प्रयत्न गर्नेछौं ।”
अभियानले पछिल्लो समय असाहय, पीडित र खाद्यान्न अभाव भएकाहरूलाई घरमै खाद्यान्न, नगद, जिन्सी लगायत अतिआवश्यक सामाग्री पुर्याएर सहयोग गर्दै आएको छ ।