अनखबर संवाददाता
अछामको ढकारी गाउँपालिकाका प्रशासकीय अधिकृत टेक बहादुर वली,वडा अध्यक्ष नहकुल साउद र लेखा अधिकृत नरेन्द्र भट्टलाई विद्रोही नेकपाका जनअदालतमा हाजिर गराई तारेखमा छोडिएको छ ।
कोरोना महामारीमा गाउँपालिकाको १ करोड ६० लाख अनियमितता गरेको आरोप लागेका वलीलाई विद्रोही नेकपा द्वारा गठित जनअदालतमा उपस्थिति गराएर जनताको विचमा अनियमितता बारे सोधपुछ गरिएको र तारेखमा छोडिएको नेकपा निकट स्रोतले अनखबरलाई बतायो ।