बुटवल
असोज १८
प्रदेश सभाको बैठकमा प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव पेश भएसगै बुटवलसहित रुपन्देहीका विभिन्न ठाउँम विरोधहरु प्रदर्शन हुन थालेका छन । प्रस्ताव पेश भएकै दिन विपक्षी दल नेपाली काङ्ग्रेसले शुक्रबार सडकहरुमा टायर बाल्ने, सरकारी सवारीमाथी आगजनी समेत गर्दै शनिबार राके जुलुस गरेको प्रदर्शन गरेर आईतवार रुपन्देही जिल्ला बन्दको आव्हान गरेको हो ।


प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र ताेकेकाे छ । अब ती क्षेत्रहरुमा ५ जना भन्दा बढी जम्मा हुन पाइने छैन ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेशसभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको छ।
मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइनेछैन।
काङ्ग्रेसको बन्दको आव्हान र प्रशासनको निषेधित क्षेत्र घोषणा गर्नुले रुपन्देहीमा राजधानीको रस्साकस्सी बढेको त देखिन्छ नै त्यसमाथि प्रशासन र आन्दोलित पार्टीबिच नै विवाद सिर्जनाले राजनीतिक तरङ्गको सिर्जना भएको छ । विहानैदेखी छिटफूट सडकमा देखिन्छन भने, अन्य व्यावसायिक प्रतिष्ठानहरु ले आफ्नो र्याली निकाल्दै अभियान आन्दोलनको आव्हान गरिरहेका छन ।