असोज १८
प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र र कोरोनाको कहरलाई वेबास्ता गर्दै रुपन्देहीका व्यबसायिहरु यतिबेला सडकमा छन । विभिन्न व्यबसायिक प्रतिष्ठानहरुबिच संयुक्त संजाल गठा गरी प्रदेशको राजधानी सार्ने प्रस्ताव बिरुद्ध सञ्जालको बिरोध प्रदर्शन गरेको छ ।
प्रदेश पाँचको राजधानी दाङ् राख्ने प्रदेश सरकारको प्रस्ताव बिरुद्ध आईतबार बुटवलमा उद्योगी व्यबसायीले निशेधाज्ञा तोडेर बिरोध र्याली प्रदर्शन गरेका हुन । उद्योगी व्यबसायी तथा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले बिरोध गर्ने तयारी गरेपछि सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका बिभिन्न स्थानमा निशेधाज्ञा जारी गरेको थियो ।
बिहानैदेखी बुटवलको राजमार्ग चौराहा हुँदै मिलनचोक, बसपार्क, अस्पताल लाईन देखी ट्राफिक चोकसम्म र्याली गरि कोण सभा गरिएको थियो ।
कोणसभामा बोल्ने विभिन्न वक्ताहरुले विश्वमा कहिँको पनि राजधानी स्केल नापेर घोषणा नगरिने गरेको बताउदै, रुपन्देहीमा जनघनत्व, भौतिक पुर्वाधार र विकासका सबै हिसाबले बुटवलको विकल्प हुन नसक्ने बताए ।
कोण सभामा बोल्दै सञ्जालको संयुक्त संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेशको राजधानी अन्यत्रै लैजाने भए आफ्ना भवनहरु तुरुन्तै खाली गराउन मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिए ।
यस्तै कार्यक्रममा पश्चिमाञ्चल बस प्रालीका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार सघका अध्यक्ष यमलाल लोहनी, उद्योग वाणिज्य सघका माधव पौडेल, होटेल व्यावसायि सघका समुन्द्र जिसि, गौतमबुद्द मुटु अस्पतालका अध्यक्ष एजाज आलम लगायतले बहुसंख्यक जनताको माग बुटवलमा राजधानी हुनुपर्ने रहेको भन्दै कोरोनाक्प कहरका बेला राजधानी सार्ने प्रस्ताव ल्याउनु निकै दु:खद रहेको बताए ।
प्रदेशको राजधानी बुटवल तोकिएपछि प्रदेश सभा तथा सरकारको स्थापनामा बुटवलका धेरै सामाजिक तथा व्यबसायिक संघसंस्थाले आफ्ना भवनहरु प्रदेश सभालाई दिएका थिए ।
एमालेका तर्फबाट बिष्णु पौडेलले र शंकर पोख्रेलको राजनीतिक लडाईको रुपमा समेत लिइएको प्रदेश राजधानी अहिले दुबै नेता चुपचाप छन । कतिपयले बिष्णु पौडेललाई मन्त्री पदसग राजधानी साटेको भनेर अर्थ्याइरहेका छन भने कतिपयले पार्टीको ह्विप अनुसार नबोल्ने भनेर नेकपाका साम्सदहरु नै चुपचाप छन । यसरी व्यबसायी हरुले गरेको आन्दोलनले आफ्नो ठाउँमा अर्थ राखेपनी राजनीतिक दल र त्यहाँका जनप्रतिनिधि नबोल्ने हो भने राजधानीको आन्दोलन अर्थपूर्ण हुने देखिदैन ।