शिव डुम्रे /बुटवल
असोज २०
संघीयता कार्यान्वयन भएको झण्डै २ बर्षपछी प्रदेश नम्बर ५ ले आजबाट नाम र स्थायी राजधानी पाएको छ । प्रदेश ५ को नाम आजैदेखि लुम्बिनी प्रदेश रहने छ भने राजधानी दाङको राप्ती उपत्यका राख्नेगरी निर्णय भएको हो ।
प्रस्तावमाथी छलफल सकिएलगतै मुख्यमन्त्रीले संसदमा सम्बोधन गरेपछी मतदान सुरु भएको थियो । राजधानीको पक्षमा ६९ संसदले मतदान गरे भने विपक्षमा १३ जनाले मतदान गरेका थिए भने २ जनाले नो भोट रोजेका थिए । राजधानी दाङका लागि पर्याप्त बहुमत पुगेपछि सभामुख पुर्णबहादुर घर्तीले सभाबाट दाङ्ग राजधानी भएको घोषणा गरेका हुन । भने प्रदेशको नाम लुम्बिनीका पक्षमा ७९ सदस्यले मतदान गरे भने विपक्षमा ३ जनाले मत जाहेर गरेका थिए ।
प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले साढे दुई बर्ष पछि प्रस्ताव गरेबमोजिम दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी राजधानी हुनेछ ।
मतदान पुर्व प्रदेश सभा को बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले रुपन्देहीबाट राजधानी सार्ने नभई नयाँ बनाईन थालेको स्पष्ट पारेका थिए । उनले प्रशासनिक राजधानी राप्ती उपत्यका रहेपनी वित्तीय राजधानी भने बुटवल-भैरहवा रहने बताए ।
उनले भने “हामीले प्रस्ताव गरेको ठाउँ सबैको साझा ठाउँ हो, प्रदेशकै मुख्य नदी राप्ती नदी रहेको ठाउँमा अबको स्थायी राजधानी हुब्छ ।” उनले स्थायी राजधानी सुदुरपश्चिमको मुख्य प्रवेशद्वार रहेकोले यो प्रदेशको सबैभन्दा महत्त्वको क्षेत्र रहेको बताए ।
यसैबीच प्रमुख विपक्षी दल नेता विरेन्द्र कुमार कडौनियाले पार्टी निति विपरीत राजधानीको पक्षमा मतदान गर्ने सदस्यहरुलाई कारबाही गर्ने बताएका छन । काङ्ग्रेसका १९ जना सदस्य मध्य १ जना अनुपस्थित रहेका थिए भने ५ जनाले प्रस्तावको पक्षमा मत हालेका थिए । जनता समाजवादीका ६ जना सदस्य मध्य ४ जनाले पक्षमा मतदान गरेभने २ जनाले नो भोट प्रयोग गरेका थिए ।
बुटवललाई नै स्थायी राजधानी बनाउन माग गर्दै आन्दोलनमा रहेका बुटवलस्थित बुटवलका जनताहरुको बाहिर बिरोधको बिच प्रदेशको राजधानी दाङ नै तोकिएको छ । नेपाली काङ्ग्रेस, बुटवलका जनता देखि बुटवलस्थित विभिन्न सामाजिक सघ सस्था, व्यबसायिक प्रतिष्ठानहरुले बिरोध गरिरहेका छ्न भने २ हजारभन्दा बढी सदस्यहरुले त राजिनामा नि दिएका छन ।
यता प्रदेश गठन भएको ९६७ दिनपछी प्रदेशले नाम र राजधानी पाएको छ भने केही समय स्थायी संरचना नबन्दा सम्म प्रदेशको अस्थायी मुकाम भने बुटवल नै रहनेछ ।