अनखबर संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले पुनः गिरफ्तार गरि नवलपरासी लग्दैछ् ।जिल्ला अदालत काठमाडौको आदेशमा मङलबार रिहा हुनेबित्तिकै नेता चन्दलाई पुनः आठौंपटक गिरफ्तार गरी नवलपरासी लैजाने तयारी भएको हो ।

काठमाडौं अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपनि उनलाई पुनः पक्राउ गरेर नवलपरासी लैजाने भएको हो । घाटी र छातीमा गम्भीर समस्या रहेका चन्दलाई श्वासप्रश्वासमा समस्या देखिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणलगायत विभिन्नरोगले पीडित नेता चन्दको स्वास्थ्य अवस्थालाई लिएर चौतर्फी सरकारको बिरोध भएपनि सरकारले उनलाई अमानवीय तरिकाले पक्राउ गरिरहेको भन्दै परिवारले गुनासो गरेका छन् । स्वास्थ स्थिति निकै नाजुक भएको भन्दै परिवारले चिन्ता व्यक्त गर्दै तत्काल उपचारको व्यवस्था मिलाउन समेत अनुरोध गरेका छन् । चन्दलाई यसअघि दाङ, काभ्रे, भोजपुर, सुनसरी,ललितपुर,काठमाडौं लगायत ८ जिल्लाबाट रिहा भए पनि पटकपटक पक्राउ परिरहेका नेता चन्दलाई राजनीतिक आस्थाका आधारमा राज्यले पुवाग्रही ढंगले अमानवीय व्यवहार गरेको भन्दै चौतर्फी बिरोध समेत भएको छ ।
आईतवार चन्दको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अल्का हस्पिटलमा भर्ना गरिएको थियोे तर प्रहरीले उपचारको क्रममा रहेका चन्दलाई हस्पिटलबाट अदालत लगेको थियोे यता अदालतले अस्पताल लगी उपचार गर्न आदेश दिएपनि पुनः पक्राउ गरि नवलपरासी लगिएका हो ।