अनखबर संवाददाता
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’लाई मङलबार भाेजपुर जेल चलान गरिएको छ ।

विरही काठमाडौ बाट प्रकाशित एक साप्ताहिक पत्रिकाको निर्देशक एवम् स्थापित माक्र्सवादी साहित्यकार समेत हुन् । विरहीको गिरफ्तारीविरुद्ध देशभरका प्रगतिशील स्रष्टा एवम् पत्रकारहरुले अभियान नै चलाएका छन् । सुगर, मेरुदण्डलगायत स्वास्थ्यमा गम्भीर समस्याको बिरामी रहेको अवस्थामा उपचार गराउँदागराउँदै उनलाई चितवनबाट धनुषा लगिएको थियो । विभिन्न जिल्लाका प्रहरी हिरासत डुलाउँदै उनलाई जेल चलान गरिएको हो ।