अनखबर संवाददाता
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता चन्द्र बहादुर चन्द ‘वीरजङ्ग)’लाई बुधबार नवलपरासी जेल चलान गरिएको छ ।
काठमाडौं अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपनि उनलाई पुनः पक्राउ गरेर नवलपरासी लगिएको थियो । घाटी र छातीमा गम्भीर समस्या रहेका चन्दलाई श्वासप्रश्वासमा समस्या देखिए पछि गत आईतवार उनलाई ललितपुर स्थित अल्का हस्पिटल भर्ना गरिएको थियोे । । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणलगायत विभिन्नरोगले पीडित नेता चन्दको स्वास्थ्य अवस्थालाई लिएर चौतर्फी सरकारको बिरोध भएपनि सरकारले उनलाई अमानवीय तरिकाले पक्राउ गरिरहेको भन्दै परिवारले गुनासो गरिरहेका थिए । स्वास्थ स्थिति निकै नाजुक भएको भन्दै परिवारले चिन्ता व्यक्त गर्दै तत्काल उपचारको व्यवस्था मिलाउन समेत अनुरोध गरेका छन् । चन्दलाई यसअघि दाङ, काभ्रे, भोजपुर, सुनसरी,ललितपुर,काठमाडौं लगायत ८ जिल्लाबाट रिहा भए पनि पटकपटक पक्राउ परिरहेका नेता चन्दलाई राजनीतिक आस्थाका आधारमा राज्यले पुवाग्रही ढंगले अमानवीय व्यवहार गरेको भन्दै चौतर्फी बिरोध समेत भएको छ ।
ललितपुर प्रहरी हिरासतमा रहेको बेला नेता चन्दलाई आईतवार चन्दको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अल्का हस्पिटलमा भर्ना गरिएको थियोे तर प्रहरीले उपचारको क्रममा रहेका चन्दलाई हस्पिटलबाट अदालत लगेको थियोे यता अदालतले अस्पताल लगी उपचार गर्न आदेश दिएपनि पुनः पक्राउ गरि नवलपरासी लगिएको थियो ।
नवलपरासीमा आगजनी गरेको आरोपमा मुद्दा चलाईएको थियोे,उक्त मुद्दामा अदालतले धरौटी रकम तोकेपछि नेता चन्द धरौटी नबुझाई जेल चलान भएका उनलाई अदालतले उपचारको व्यवस्था समेत गर्नेगरी आदेश दिएको छ ।