अनखवर
देशभर २७ हजार ५३ जना सक्रिय पुगेसगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् र १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म ७३ हजार २३ जना जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्कीएको मन्त्रालयले जनाएको छ ।
यो कुल संक्रमितको ७२.५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ ।

नेपालमा ११ लाख ४५ हजार २ सय ३७ जना पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

देशभर हाल ४ हजार ३ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् ।