शिव डुम्रे /रुपन्देही
थुनुवाहरुलाई कोरोना संक्रमण भएपछि डिभिजन बन कार्यालय, रुपन्देहीका सुरक्षाकर्मीहरु टिनको छाप्रोमुनि रात विताउन बाध्य छन ।
आफुहरुले प्रयोग गर्दै आएको मेश, सुत्ने कोठा, शौचालय समेत कोरोना संक्रमितहरुलाई छोडेर बाहिर टिनले बनाईएको ट्र्स्टमा शसस्त्र प्रहरी बलका सिपाईहरु सुत्न बाध्य भएका हुन ।
डिभिजन वन कार्यालयको थुनुवा कक्षमा ११ जना कैदी बन्दी छन जसमध्ये १ महिलासहित ४ जनालाओइ कोरोना पोजेटिभ देखिएको छ । तर एउटा मात्रै थुनुवा कक्ष रहेको भवनमा बढीमा ३ जना राख्ने क्षमता छ, जस्मा हाल कोरोना पोजेटिभ भएकाहरु राखिएको छ भने अन्य सुरक्षाकर्मीले प्रयोग गर्ने कोठाहरुमा समेत संक्रमितहरु छन । सालक चोरी, काठ तस्कर लगायत बन पैदावर र बन्यजन्तु चोरी निकासीका ११ जना कैदी बन्दी रहेको वन कार्यालयमा कोरोना पोजेटिभ राख्ने कुनै सुविधासम्पन्न भवन छैन ।
सुरुमा पोजेटिभ देखिएकाहरुलाई भीम अस्पताल भैरहवामा लगेर उपचार गरिएको भएपनि केही समयमा अस्पतालका मेसुले नै पत्राचार गरि विरामी राख्न नसकिने भनेर फिर्ता गरेपछि बाध्य भएर विरामी राख्नुपर्ने अबस्था छ, डिभिजन वन अधिकृत प्रमुख बोधराज सुवेदीले भने विरामीहरु राख्न रिक्स छ, अती आवश्यक केही भैहाले पनि कहाँ लैजाने अबस्था निकै जटिल छ । संक्रमितहरुले प्रयोग गर्ने शौचालय समेत एउटै छ , शौचालयकै कारण अरुलाई सर्ने सम्भावना हुन्छ ।
यसरी जोखिमपुर्ण बन्दीजिवन बिताईरहेका छन भने सम्बन्धित निकायले कुनै चासो दिएको छैन, कसैलाई सास फेर्न गारो हुने वा अन्य लक्षण देखिएमा अस्पताल समेत पुर्याउन नपाई बाटोमै मृत्युु हुन सक्छ ।