बुटवल
बुटवल उपमहानगरले स्थानीय स्तरमा आधारित पाठ्यक्रम सार्वजनिक गरेको छ । नेपालमै पहिलोपटक स्थानीय तहमा आधारित पाठ्यक्रम सार्वजनिक गरेको हो । शिक्षाका राष्ट्रिय उद्देश्यहरु पूरा गर्ने हेतुले शिक्षा नियमावली २०७४ मा आधारित स्थानीय स्तरको पहिचान झल्कने पाठ्यक्रम बुटवल उपमहानगरले तयार गरेको हो ।


बुटवल नगरभित्रका महत्वपूर्ण पर्यटकीय, धार्मीक, ऐतिहासिक, सांस्कृतिक र पूरातत्वलाई समेटेर निर्माण गरिएको पाठ्यपुस्तक कक्षा १ देखी ८ सम्म लागु हुनेछ तर हालसम्म १ देखी ५ कक्षासम्म १०० पुर्णाङ्कको ‘हाम्रो बुटवल’ नामक विषय नियमित अध्ययन हुनेछ । बुटवल नगरको समृद्धिको लक्ष्य हासिल गर्नको लागी यहाँका विद्यार्थीहरुमार्फत पर्यटकीय सम्भावन अझ बलियो बनाउन र बुटवललाई चिनाउनको लागी यो महत्वपूर्ण रहने बुटवल नगरका प्रमुख शिवराज सुवेदीले बताए ।
७ महिना लामो तयारीपछि पाठ्यपुस्तकमा समावेश गर्ने गरी तयार गरिएको यो पुस्तक लेखनको लागी ७ जनाको कार्यदल बनाईएको थियो । कार्यदलको तर्फबाट पूर्ण रुपमा तयारी गरिएको र केही गल्तीअरु दोस्रो प्रकाशनमा सुधार गर्ने कार्यदलका संयोजकले बताए ।
बुटवल सेरोफेरो, पर्यटकीय स्थलहरु, हाम्रो संस्कृति, हाम्रो आश्था, संघसंस्थाहरु, योग बुटवल सेरोफेरो, पर्यटकीय स्थलहरु, हाम्रो संस्कृति, हाम्रो आश्था, संघसंस्थाहरु, योग र प्राकृतिक चिकित्सा तथा जडिबुटीलाई बुटवलको स्थानीय पाठ्यक्रमका मुख्य विषयवस्तु बनाइएको छ । यिनै क्षेत्रलाई समेटेर कक्षा १ देखि ५ सम्म पठनपाठन गराउनेगरि पाठ्यपुस्तक तयार पारेर सार्वजनिक गरिएको हो । कक्षा ६–८ का लागि पनि नयाँ पाठ्यपुस्तक तयार भइरहेको उपमहानगरका शिक्षा, स्वास्थ्य, तथा जनशंख्या प्रमुख मित्रमणी खनालले जानकारी दिनुभयो
बुटवल नगरभित्र सार्वजनिक, निजी तथा गुठी गरी झण्डै ९६ वटा विद्यालय छन् भने यहाँ नियमित विद्यालय प्रयोग गर्नेको संख्या ५९ हजार २ सय २२ छन् । यिमध्ये कक्षा १ देखी ८ सम्म नियमित कक्षा लिनेहरुलाई अब नियमित रुपमा झण्डै ३ हजारबढीले मेरो बुटवल नामक पाठ्यपुस्तक पढ्नेछन् । बुटवलमा रहेको ऐतिहासिक रामापिथेकस, जितगढी किल्ला, चुरे क्षेत्र, हिमाल पहाड तराईको विशेषता लगायतका विषयहरु र सम्रग बुटवलका पर्यटकीय क्षेत्रहरुको पहिचानको लागी पनि यो फलदायी हुने विश्वास लिईएको छ ।
शिक्षा नियमावली २०७४ ले संघीयता लागू भएसँगै सुरु भएको ७५३ वटै स्थानीय तहहरुलाई आफ्नो स्थानीय पहिचान झल्कने गरी एउटा पाठ्यपुस्तक पढाउने गरी सबै स्थानीय तहलाई कार्यसुचि दिएको छ ।
उत्पादनमूलक, व्यवसायिक र प्राविधिक शिक्षा बुटवल उपमहानगरपालिकाले आगामि पाँच वर्षभित्र बुटवल उपमहानगरपालिकामा शिक्षा प्राप्त गर्न सक्ने उमेर समूहका प्रत्येक वालवालिका, व्यक्ति र समूदायलाई उत्पादन मूलक, व्यवहारिक तथा सिपयुक्त, व्यवसायिक र प्राविधिक शिक्षाको पहुँच पु¥याउने दूरदृष्टि लिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देखिएको वर्तमान शिक्षाको व्यवस्थापन र गुणस्तरीयताको चुनौतिलाई सामना गर्दै विकसित भइरहेको नयाँ–नयाँ प्रविधि र ज्ञानविज्ञानको क्षेत्रलाई समेट्दै सम्पूर्ण बालबालिका, युवा तथा जेष्ठ नागरिकहरूको समेत मैलिक आधिकारको संरक्षण गर्दै उनीहरूलाई सहज, सुलभ, सरल तथा आवश्यकता अनुसार शिक्षा प्रदान गर्नकै लागि २०७६र७७ देखि २०८०र८१ सम्मको पञ्चवर्षीय शिक्षा योजना सरोकारवाला पक्षको सहभागीतामा तयार पारिएको छ ।