बुटवल मंसिर ४ ।
विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहलाई बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । विहीबार विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनिसगै रहेका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछी उनिहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ। शाही अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष समेत हुन ।