सुनवल ७ मंसिर।
पश्चिम नवलपरासीको सामुदायिक बिद्यालयलाई चाइना फाउन्डेसन फर पोभरर्टि एलिभेसन तथा राष्ट्रिय अपांग पुर्नस्थापना समाजको सहयोग तथा प्रतिनिधि सभा सदस्य एवं पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलको पहलमाकक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने करिब २७८६ बिद्यार्थिहरुलाई झोला तथा शैक्षिक सामाग्री सहितको वितरण गरिएको छ । पश्चिम नवलपरासीको ५ स्थनिया तहका पालिकाहरुको सामुदायिक बिद्यालयक बिद्यार्थीहरु लाई झोला तथा शैक्षिक सामाग्री सहितको वितरण गरिएका हो ।
सामुदायिक बिद्यालयको शैक्षिक क्षेत्र सुधार कार्यक्रम अन्तर्गत चाइना फाउन्डेसनद्धारा प्रदान गरिएको सहयोगबाट बिभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थिहरुलाई सो सामाग्री वितरण गरिएको चाइना फाउन्डेसनका कार्यक्रम संयोजक नुज मानन्धरले जानकारी दिनुभयो।
रामग्राम,सुनवल, बर्दघाट नपा, सरावल र पाल्हीनन्दन गाउपालिकाका १४ वटा बिद्यालयका २ हजार ७ सय ६८ जना बिद्यार्थिहरुलाई झोला वितरण गर्ने योजना अनुसार सुनवल र रामग्राम नगरपालिकाका ८ वटा सामुदायिक बिद्यालयका बिद्यार्थिलाई झोला तथा शैक्षिक सामाग्री सहितको वितरण गरिएको हो ।
सांसद विकास कोषबाट पशिचम नवलपरासीका विभिन्न सामुदायिक विद्यालय र क्याम्पसहरुलाई शैक्षिक तथा भौतिक पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरी काम सम्पन्न भैसकेको र आगामी दिनहरुमा पनि बिद्यालयको आवश्यकता अनुसार बजेट विनियोजन गरिने सांसद कण्डेल बताउनुभयो ।

यस कार्यक्रम अन्र्तगत सन् २०१९ मा ६१ जिल्लाका १ लाख बिद्यार्थिलाई झोला तथा शैक्षिक सामाग्री सहितको वितरण गरिएकोमा यस बर्ष ८० हजार लाई वितरण गर्ने लक्ष्य रहेको ।