अनखबर बुटवल
युवाहरुलाइ सचेतनामुलक तालिम तथा सौन्दर्यता सम्बन्धि बिशेष सीपमुलक तालिम पी प्रोड्क्सनले आयोजना गरेको छ ।
युवालाई उर्जामुलक काममा लगाउने र युवाशक्तीलाई देशभित्रका सम्भावनाहरु उजागर गराउदै, सुन्दरता देखिन र सौन्दर्यात्मक कलाहरुको विकास गराउनको लागि तालिमको आयोजना गरिएको ईभेण्ट डाईरेक्टर आनन्द भुर्तेलले बताए । पहिलो मिस्टर एन मिस वर्ल्डवाईड नेपाल 2020 को पुर्वतयारीको लागि बिशेष तालिमहरु आयोजना गरिएको हो । तालिममा किशोरकिशोरीलाई वाक, टक, व्यवहार, आत्मबल, मनोबल लगायत सबै पक्षहरुको तालिम दिइएको तालिमको कोरियोग्राफी प्रशान्त शाहले बताए ।
तालिमको समयमा उनिहरुलाई विभिन्न मोडल तथा प्रतियोगिताका बिजेताहरुले उत्प्रेरित समेत गरेका थिए । मिस्टर नेपाल ओसियाना २०१८ का विजेता निश्चल खड्काले आफ्नो अनुभवसहित मिस्टर एन मिस वर्डवाईड बन्नको लागि सबै बिषयमा दक्षता रहनुपर्ने बताए, उनले सौन्दर्यताप्रती हेर्ने समाजको दृस्ठिकोणसमेत परिवर्तन हुब जरुरी रहेको बताएका थिए । यस्तै तालिममा सचेतनामुलक सीप र ज्ञानको लागि खुसी जिवन नेपालका महेन्द्र विश्वकर्माले सहकार्य गरेका छन भने स्टाईलिङ् पार्टनर निल डेभिड रहेको छभने मिडिया होस्ट पत्रकार शिव डुम्रेले गर्नुभएको छ । पहिलो मिस्टर एन मिस वर्ल्डवाईडको निर्णायक प्रतिस्पर्धा मंसिर २० गते हुदैछ । यसअघि पी प्रोड्क्सनले बुटवल, काठमाडौ लगायतका ठाउँमा मोडलिङ, सौन्दर्यात्मक एवं आत्मविश्वास सम्बन्धि तालिमहरु गर्दै आएको छ ।