मङ्सिर १५, स्याङ्जा
स्याङ्जाका विभिन्न खानेपानी योजना चरम अनियमितता भएको छ हिजो मात्रै उदघाटन गरिएको सिर्सेकोट लिफ्टिङ उपयोजनामा कति बजेट परेको हो,कति बजेटको काम भएको छ भनेर समेत उपभोक्ता समितिका पदाधिकारी कसैलाई थाहा छैन । खानेपानी डिभिजन कार्यलय स्याङ्जा,ठेकदार र केही पहुँचका नेताहरूको मिलेमतोमा करोडौंको चलखेल गरेर टेण्डर समेत नगरी २५ देखि ३५ प्रतिशत कमिसनमा मिलेमतो गरेर ति योजनामा काम भएका छन् ।
खानेपानी डिभिजनका योजना सिधै उपभोक्ता मार्फत गराउनु पर्नेमा गैरकानुनी ढंगले खानेपानी समिति गठन गरेर उक्त समिति मार्फत आफ्नो पकेटको ठेकदार मार्फत काम गरिएको र त्यसबाट २५ देखि ३५ प्रतिशतसम्म कमिसन लिने गरिएको छ । साथै सामान समेत गुणस्तर हिन प्रयोग गरिएको गुनासो छ ।एक उपभोक्ता समितिका अध्यक्षले हामी संग भने बोल्न सकिएन सर कति पैसाको योजना हो,कतिमा काम सम्पन्न भयो हामीलाई जानकारी छैन् हाम्रो समितिलाई उपसमिति बनाएर केटाकेटी खेलाए जस्तो गरिएको छ उनले दुखेसो पोखे।
योजनाहरुलाई मनोमानी ढंगले उपयोजना नामाकरण गरेर उपभोक्ता समितिलाई गुमराहमा राखेर करोडौंको चलखेल भएको छ । सत्ताको आडमा कोही बोल्न नसक्ने,कतिपयले चुनावी टिकटको लोभमा बोल्न नसक्ने,सरुवा बढुवा,योजना लगायतमा डरत्रास र स्वार्थका कारण अधिकासं अगुवा भने मौन छन । छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजना लगायत दर्जन योजनामा चलखेल भएको छ । झण्डै आधा दशक पुरानो अधेरीखोला- लंकाकोट-अर्लुङ-लंकाकोट-भोर्ले योजनामा नियम विपरीत जनप्रतिनिधिलाई नै अध्यक्ष बनाईएको छ । वालिङ १, त्रियासीमा खानेपानी उपयोजनामा ईन्जिनियर २५ प्रतिशत कमिसन मागेपछि विवाद बढेको छ । भने, पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजनामा मोटो रकमको चलखेल भएको देखिन्छ ।
एक ठेकदारले नाम नखोल्ने सर्तमा भने पहुँचवाला र ईन्जिनियरहरुलाई पैसा नदिए योजना पाईदैन र काम पास पनि गर्दैन हाम्रो बाध्यता छ भन्दै दुखेसो पोखे ।
खानेपानी डिभिजनले आफुले भनेको ठेकदारलाई काम दिए योजना र बजेट दिने नत्र बजेट छैन,अहिले मिल्दैन भनेर टार्ने गरेको गुनासो जिल्लाभर ब्यापक छ ।
एक घर एकधाराको नारा घन्काउने सरकार योजना,कमिसनको खेलमा चुर्लुम्म डुबेको छ । (अकला आवाजबाट साभार)