अनखबर/बुटवल
विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह र नेकपाका अर्का नेता मीन आलेलाई बुटवलबाट प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
सोमबार उच्च अदालत बुटवलमा बन्दीप्रत्यक्षीकरणमा उपस्थित गराई अदालतले छोड्न आदेश दिएपनी उनीहरुलाई अदालत परिसरबाटै पुनः पक्राउ गरिएको थियो ।
गत मंसिर ४ गते सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीमाथी अभद्र व्यबहार गरेको मुद्दामा पाल्पा जिल्ला लैजाने तयारी गरिएको स्रोतले जनाएको छ ।