अनखबर
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर बाहिरिएपछि गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन्।
बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुल्चोकमै पुगेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीबीच छलफल जारी छ। उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।
अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले साइडलाइन मिटिङका क्रममा मन्त्री निवास पुल्चोकमा पुगेर गृहमन्त्री बादलसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
शनिबार बिहान करिब ११ बजे प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए।
खुमलटारमा अध्यक्ष दाहालसँगको भेटवार्ताको क्रममा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए। पार्टीभित्र देखिएको समस्या समाधानको क्रममा उपाध्यक्ष गौतम र गृहमन्त्री थापा निर्णायाक भूमिकामा देखिन्छन् ।
सम्भवतः प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक दाहाललाई भेट्न उनकै निवास गएका हुन्। दाहाल(ओलीको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि शुक्रबार दिउँसो दाहाल( नेपाल समूहले जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरेका थिए ।
उक्त भेलाले एकाधिकार र सर्वसत्तावादविरूद्ध डटेर लड्ने निष्कर्ष निकालेको थियो।
भेलामा नेकपाका अध्यक्ष दाहालले आफूहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए।
पेरिसडाँडा पछि शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार गएका थिए। उक्त भेटमा प्रचण्डले म मात्रै आइरहन्छु तपाईं पनि मेरोमा आउन हुन्छ निु भनेपछि ओली खुमलटार पुगेका हुन्।
प्रचण्डसँगको भेटपछि प्रचण्डपक्षका नेपाल–खनाल सहितका नेताहरु प्रचण्डसँग भेट्दैछन, भने यता ओलीले गौतमसहित केही नेताहरुलाई भेटघाट गरेपछी नेकपाभित्र सकारात्मक सन्देश लिएर नेताहरु पुनः बैठकमा बस्ने संकेत देखा परेको छ ।
ओलीलाई आफ्नै भनिएका नेताहरुले पनी टेर्न छोडेपछी उनी एक्लिएका हुन् । उनी गलेपछी र आफ्ना कमजोरी सच्याएर मन्त्रिमण्डल पुर्नगठन गर्ने भएपछि उनीहरु सहमति नजिक पुगेको देखिन्छ । सेतोपाटीको सहयोगमा