अनखबर
काठमाडौं। कोरोनाले यतिबेला विश्वलाई नै एउटा ठुलो चुनौती दिएको छ ।विश्वमा हालसम्म कोरोना भाईरसको कारणले गर्दा लाखौ मानिसहरुको ज्यान गईसकेको छ भने यसबाट संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढ्दै गईराखेको छ ।

संसारभरका मानिसहरु यतिबेला कोरोनाको खोप कहिले आउला र यो भाईरससंग्ग लडेर कहिले पहिलाको जस्तै स्थितिमा फर्किन पाईएला भनेर सोचेर बसिराखेका छन् सबै मानिसहरु कोरोना भाईरसको खोपको पर्खाईमा बसेका छन्।

विश्वका विकशित तथा धनि देशहरुमा कोरोनाको खोप आएर लगाईसकिएको समाचारहरु आउन थालेका छन् कतिपय देशहरुमा खोप लगाएर पनि त्यसको नतिजा पनि आईसकेको बिभिन्न मिडियाहरुले दाबीसमेत गरिसकेका छन् ।

कोरोना विरुद्धको खोप विदेशमा रहेका एक नेपालीले पनि लगाईसकेका छन्, ति हुन् क्यानाडामा बसोबास गर्दै आईरहेका चिरन्जीवी घिमिरे ।

एनआरएनए क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरे कोरोना विरुद्धको खोप प्रयोग गर्ने क्यानाडामा पहिलो एनआरएनए नेपालि बनेका छन् ।

घिमिरेले डिसेम्बर १७ मा टोरोन्टस्थित रहेको क्यानाडा सरकारले व्यवस्थापन गरेको ‘द मिकिनेर इन्स्टिच्युट’ मा कोरोना विरुद्धको खोप लगाएका हुन् ।

कोरोना विरुद्धको खोप लगाएका पहिलो नेपालि चिरन्जीवी घिमिरे संग्ग उहाको खोप लगाउदाको अनुभवको बारेमा आगमनखबरका तर्फबाट दिनेश अर्यालले कुरा गरेका छन् ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश

यहाँ कोरोना विरुद्धको खोप लगाउने नेपालकै पहिलो व्यक्ति हुनुहुन्छ, बधाई छ

कोरोना विरुद्धको खोप लगाउने अवसर पाएको छु, धन्यवाद।

तपाई नेपालि मान्छे, क्यानाडाको लागि गैरआवाशीय नेपालि हुनुहुन्छ तैपनि कोरोना विरुद्धको खोप लगाउने अवसर यति छिट्टै कसरि पाउनुभयो ?

मैले क्यानाडामा नर्सिंग सुरु गरेको करिब चार वर्ष भन्दा बढी भईसकेको छ ।त्यस्तै कोरोना महामारिको यो अवस्थामा कोरोना सम्बन्धि सुचना प्रचार प्रसार, संक्रमितहरुको तथ्यांक संकलन, तथा अन्य किसिमको मनोबैज्ञानिक परामर्शहरु दिने कामहरु गर्दै आईरहेको छु ।मैले यहा फ्रन्ट लाईनमा बसेर सेवा दिने कामहरु गरेको छु मैले काम गर्ने कम्पनीको म्यानेजरलाई खोप मिलेसम्म मलाई पनि उपलब्ध गरईदिनका लागि माग गरेको थिए ।

खोप लगाउनका लागि मेरो पालो मंगलवार आएको थियो ।तर आफूभन्दा बढी आवश्यक परेका हरुलाई पालो दिन परेको हुनेले दुई दिनपछि मात्र मैले कोरोनाविरुद्धको खोप लगाए मैले क्यानाडाको टोरन्टो सिटीमा पब्लिक हेल्थको रुपमा काम गर्दै आईरहेको छु, यहा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आईरहेको कारणले मैले छिट्टै नै कोरोना विरुद्धको खोप लगाउने अवसर पाए ।

कोरोनाको खोपको भर्खर सुरुवात हुदैछ, तपाईले यति छिट्टै लगाउने अवसर पाउनुभएको छ, कस्तो अनुभव भईरहेको छ रु

कोरोनाको भाईरस विरुद्धको खोपको पहिलो चरणमा नै मैले लगाउने अवसर पाएको छु, म यसमा खुशी छु, आशा छ अब कोरोना भाईरस विरुद्धको खोपको पहुच छिट्टै नै अरु ठाउमा पनि पुगोस नेपालि समुदायमा रहेका स्वास्थ्य कार्यकर्ताहरु फ्रन्टलाईनहरुमा रहेर काम गरिरहनुभएका तथा सम्पूर्णमा कोरोनाको विरुद्धको खोपको पहच छिट्टै नै पुगोस ।

यतिबेला तपाईले कोरोना विरुद्धको खोप लगाउनको लागी सफल हुनुभएको भएर तपाईलाई सामाजिक संजालमा, प्रत्यक्ष भेटेर तथा फोनको माध्यमबाट बधाई दिनेहरुको संख्या धेरै नै रहेको पाउन सकिन्छ, यसमा तपाई के भन्नुहुन्छ ?

हो, यतिबेला मेरा धेरै शुभचिन्तकहरुले मलाई फोन म्यासेज तथा प्रत्यक्ष रुपमा भेटेर बधाई दिने क्रम चलिरहेको छ । अनलाईन संचार माध्यममा पनि यतिबेला न्युज आईरहेको नै छ यसले के सहयोग गर्छ भने, कतिपय मानिसहरुले कोरोना भ्रम हो भन्दै कोरोनाको लाइ मध्यनजर गरेर सावधानी नअपनाएको अवस्था छ खोपको बारेमा कतिपय गलत कुराहरु हल्लाको रुपमा फैलिरहेको र त्यस्तो हल्लाले मानिसहरुलाई नकारात्मक असरसमेत पर्न सक्ने भएको हुदा खोप लगाउनुपर्छ र यो सुरक्षित छ भन्ने जानकारी सबैमाझ जाला भन्ने विश्वास गरेको छु।

कतिपटक लगाएपछि खोपको चरण पुरा हुन्छ ?

खोपको विषयमा कुरा गर्नुपर्दा यहा अहिले फाईजरको खोप उपलब्ध छ मैले प्रयोग गरेको पनि त्यहि फाईजरको खोप नै हो यो खोप एक पटक लगाएर मात्र पुग्दैन एकपटक लगाएको दिनदेखि २१ दिनको दिन फेरी लगाउनुपर्छ त्यसपछि मात्र खोपको चरण पुरा भएको मानिन्छ ।

फाईजरको खोप कत्तिको प्रभावकारी मानिएको छ ?

फाईजरको २१ दिनको अन्तरमा दुई पटक लगायो भने करिब ९० प्रतिशतसम्म प्रभावकारी मानिएको छ ।

फाईजरको खोप सबै उमेर समुहकाले प्रयोग गरेका छन् या केहि उमेर हद तोकिएको छ ?

क्यानाडामा यतिबेलाको अवस्थामा फाईजरको खोप १६ वर्ष भन्दा माथिकालाई मात्र दिने प्रावधान रहेको छ ।

कोरोनाविरुद्धको फाईजरको खोप लगाईसकेपछी यसले गर्ने साईड ईफेक्त केके छ रु तपाईलाई यसको खोप लगाईसकेपछी केहि असर वा अन्य केहि लक्षणहरु देखा परेको छ या छैन ?

खोप लगाईसकेपछी लगाईरहेको ठाउवरिपरी दुख्नु या चस्कनु सामान्य कुरा हो, मलाई खोपको कारणले त्यहाभन्दा बढी असरहरु महसुस भएको छैन ।

कोरोना विरुद्धको खोप लगाईसक्नु भएको एउटा नेपालीको हैसियतले अन्त्यमा तपाई के भन्न चाहनुहुन्छ ?

कोरोनालाई कतिपयले सिरियस रुपमा लिईराखेका छन,भने कतिपयले यो केहि नभएर केवल एउटा भ्रम मात्र हो पनि भन्दै आईरहेका छन् वास्तवमा यो मानिसहरुले सोचेजस्तो भयङ्कर ठुलो चिज पनि होईन र भ्रम पनि होईन । स्वास्थ्य सतर्कता अपनाउन जोकोहीलाई पनि आवश्यक छ कोरोनाको विषयलाई लिएर कतिपयले भ्रम पनि फैलाईरहेका छन् यस्तो भ्रम फैलाउनु हुदैन ।

कोरोनाको खोप एकदमै आवश्यक छ यो नै अन्तिम विकल्प हो खोपले शरीरको प्रतिरक्षाप्रणाली बढाउने काम गर्दछ र यो भाईरस मानिसको शरीरमा सक्रीय हुन पाउदैन ।

कोरोना विरुद्धको खोपको विश्सनियातामा पनि प्रश्न उठेको छ नि रु

हो, यहाका झन्डै ५० प्रतिशत भन्दा बढी मानिसहरु अझै पनि यसको खोप लगाउन सहमत भएका छैनन , खोप नै अन्तिम उपाय भएको हुदा सबैलाई कन्भिन्स गरेर सबैजनालाई खोप लगाउनुपर्छ भन्ने खालको वातावरण सिर्जना गर्न आवश्यक छ । (आगमन खबरबाट)