अनखबर टिप्पणी
सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए । राष्ट्रपतिद्धारा संसद विघटन गर्ने प्रस्ताव पास हुने सम्भावना बलियो छ, जसको कारण गणतान्त्रिक नेपालमा दोस्रोपटक संसद भंग हुनेछ र मद्यावधी चुनावमा जानेछ । (रातोपाटीबाट)