अनखबर टिप्पणी
मंगलबार राजधानीमा भएको प्रचण्ड(नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो।

आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ।

उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकतर्फ ५० लाख भोट ल्याउने बताएका छन् ।
आगामी चुनावमा पार्टीले स्पष्ट दुईतिहाइ बहुमत ल्याउने भन्दै त्यही अनुसार चुनावको तयारी गर्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओली पक्षीय केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै ओलीले कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने बताए ।

‘देश चुनावतिर अगाडि बढ्यो, चुनावलाई कुनै तागतले रोक्न सक्दैन । अब हामी सम्पूर्ण तागत चुनावमा लगाउँछौं,’ बैठकमा ओलीको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले लोकान्तरसँग भने, ‘समानुपातिकतर्फ ५० लाख भोट र प्रत्यक्षतर्फ १२० सिट ल्याउने गरी हामी अगाडि बढ्छौं ।’

गत निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ११६ सिट जितेको थियो । समानुपातिकतर्फ नेकपाका ५७ सांसद थिए । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले विगतभन्दा राम्रो नतिजा ल्याउने दावी गरे ।

अध्यक्ष ओलीले संसद पार्टीका केही नेताको महत्त्वाकांक्षाको शिकार बनेका कारण प्रतिनिधिसभा विघटनको बाध्यात्मक कदम चाल्नुपरेको बताएका थिए ।
ओली पक्षीय केन्द्रीय समितिको बैठकले आगामी मंसिर २ गतेदेखि पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । यता नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले गरेको छ । कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीले यस्तो निर्णय गरेको हो । ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा गरेका थिए ।
ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित प्रस्तावमा उल्लेख छ ।

गौशालास्थित एक होटलमा भेला गर्दै ओलीले पार्टी दर्ताको लागि निर्देशन दिएको आरोप छ । आफू नजिकीलाई अघि सारेर कथित नेकपा एमाले दर्ता गराएको पनि पारित प्रस्तावमा उल्लेख छ ।